‘कुरा साँचो छ, यो देशमा एक पटक विप्लवको खाँचो छ’


७ माघ २०७४, आईतवार
biplab khulamnch

काठमाण्डौं, ७ माघ : भर्खर सकिएको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीले ज्यान लिनेसम्म गरी वम विष्फोट गरायो । विप्लवको यो कार्यको देशभर विरोध समेत भयो । धेरैले अहिलेको नेपालमा विप्लवको कार्य गलत भएको प्रतिक्रिया दिए ।biplab khulamnch

तर, यो देशमा विप्लवको कामको प्रशंसा गर्ने र देशमा उनको खाँचो महसुस गर्नेहरुको पनि समूह छ । अहिले कलाकारको एउटा समूहले विप्लवको खाँचो देखाएका छन् । उनीहरुले यो कुरा कुनै सभा–समारोह र भेला वा बैठकमा नभई ‘हाम्रो कुरा सोहै« आना साँचो छ, यो देशमा विप्लवको खाँचो छ’ बोलको गीतमार्फत जनतालाई सन्देश दिन खोजेका हुन् ।bip

जनयुद्दले जन्माएका गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वासचन्द ठकुरीको शब्द रचना रहेको उक्त गीत शुक्रबारबाट बजारमा आएको छ ।बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत आरएनसी म्यूजिकको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । पूरानो व्यवस्थाले जनतामा नाम मात्रको गणतन्त्र लाद्न खोजेको र चरम शोषण दमन थोपरीरहेको भाव गीतमा ब्यक्त गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७