सरकारले विश्व बैंकसँँग ४५ अर्ब ऋण लियो


७ माघ २०७४, आईतवार
wb

काठमाण्डौं, ७ माघ : सरकारले विश्व बैंकसँग ४५ अर्ब रुपैयाँ ऋण लिने भएको छ । भूकम्पपीडितको लागि आवास, पशुपालन र व्यावसायिक शिक्षा तथा तालिम परियोजनाको लागि ऋण लिन लागेको हो ।wb

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र विश्व बैंकका दक्षिण एसियाली उपाध्यक्ष एन्नेट डिक्सनबीच आइतबार ४४ अर्ब ८२ करोड रुपैयाँको सहुलियत ऋण सम्झौता भएको जनाइएको छ । विश्व बैंकसँगको ऋणबाट भूकम्पपीडितको लागि ९६ हजार घर निर्माण गरिने अर्थ मन्त्रालयले जानकारी दिएको छ । व्यावसायिक शिक्षा तथा तालिम परियोजना शिक्षा मन्त्रालय अन्तर्गत सञ्चालन गर्ने योजनामा सरकार छ ।

त्यो परियोजनाबाट युवालाई प्राविधिक शिक्षा दिइने भएको छ । पशुपालनको लागि लिइने ऋणबाट देशका २५ जिल्लामा पशुपालन व्यवसायलाई प्रर्वद्धन गर्ने योजना रहेको सरकारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७