एमाले–माओवादीले किन बनायो वामदेवकाे नेतृत्वमा अर्को समिति ?


७ माघ २०७४, आईतवार
Oli and parchanda

काठमाडौं, ७ माघ :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आइतबार भएको बैठकले एकताको बिषयमा ठोस निर्णय गर्न सकेन । बरु, बैठकले नयाँ समिति भने बनाएको छ ।

नयाँ सरकारको सुशासन र विकासका प्राथमिकताबारे सुझाव दिन एमाले उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको हो । समितिमा एमालेबाट भिम रावल, विजय पौडेल, युवराज खतिवडा सदस्य रहेका छन् भने माओवादीबाट वर्षमान पुन, गिरिराजमणी पोखरेल र मिनबहादुर श्रेष्ठ सदस्य छन्।

Oli and parchanda

बैठकले यस्तै राष्ट्रियसभा सदस्यको सिट बाँडफाँटलाई अनुमोदन गरेको छ। कार्यदलले ४३ सिटमा बाँडफाँट गरेको थियो। जसमा मध्ये २९ एमाले र १४ माओवादीले लिने सहमति भएको थियो। बैठकमा पार्टी एकताबारे छलफल भएपनि ठोस कुनै निर्णय नभएको भएन ।  एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले थप गृहकार्य गरेपछि बैठक बस्ने भएको छ । बैठकमा संगठन तथा वैचारिक विषयमा गृहकार्य गर्न कार्यदल बनाउने समझदारी भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७