अमेरिकी हवाईकाण्ड : ब्रिटिस अन्यायको पराकाष्ठा


८ माघ २०७४, सोमबार
Ganesh Rai

हवाई उत्तरी प्रशान्त महा सागरमा अवस्थित मसिना टापुहरुद्वरा निर्मित संयुक्त राज्य अमेरिकाको पचासौ सङ्घीय राज्य हो । यो त्यही राज्य हो जहाँ दोस्रो विश्वयुद्धताका हिरोहितोको जापानी फौजले पर्ल हारवरमाथि आक्रमण गरी अमेरिकालाई युद्धमा सहभागि हुन बाध्य पारेको थियो । यो त्यही ठाउँ हो जहाँ सन् १९८६ सालमा सपोर्ट कम्पनि, फस्ट सेभेन गोरखा राइफल्सका एक सय एघार जना निर्दोष सिपाहीहरुलाई कम्पनि कमाण्डर अर्थात् गोरा अधिकृत कुटेको झुटो अभियोग लगाई बर्खास्त गरिएको थियो ।

किन घट्यो हवाईकाण्ड

हवाईकाण्ड घट्नुमा मुख्य दोषि गोरा अधिकृत मेजर पियर्स स्वयम् थिए यद्यपि, यो घट्ना घट्नुमा उनका अतिरिक्त नेपथ्यबाट अन्य खलनायकले निभाएको भूमिका पनि बिर्सन मिल्दैन । गोरखालीसम्बन्धी यथेष्ट ज्ञान नभएका मेजर पियर्स गोरा पल्टनबाट अस्थायी काजमा गोर्खाली पल्टनमा खटी आएका थिए । उनी दम्भी स्वभावका मात्र थिएनन् आफू मालिक र गोर्खालीहरु दास अथवा गरीब राष्ट्रका दरिद्रहरु हुन भन्ने मानसिकताले पनि ग्रस्त थिए । यसो हुनमा केही गोरा अधिकृतहरु जो गोर्खाली पल्टनमा लामो सेवा गरेका थिए र तीनका खोटो नजरमा गोरखालीहरु प्रतिबुझाई र व्यवहार नकारात्मक थियो ।

त्यस्ताको प्रत्यक्ष प्रभाव उनीमा पर्नु र त्यसलाई उचित विश्लेषण गर्न नसक्नु उनको कमजोरी थियो । यसका साथै एकादुई अवसरवादी गोरखाली अधिकृतहरु जो उनलाई प्रयोग गरी आफ्नो स्वार्थलाई ‘क्यास’ गर्न माहिर थिए तिनको स्वार्थलाई बुझ्न नसक्नु पनि मेजर पियर्सको अर्को गम्भीर गल्ती थियो ।

Gurkha

घट्नाको वीजारोपन
अमेरिकी रेञ्जर बटालियनको निम्तो स्वीकारी हवाई टापुमा एक्सरसाइज अथवा सैन्य तालिम गर्न पुगेको फस्ट सेभेन गोर्खा राइफल्सको सपोर्ट कम्पनि तालिममा दत्तचित्तले खटियो । गोर्खालीको इतिहास नबुझेका अमेरिकी सैन्य अधिकृत र जवानहरुलाई गोर्खालीबारे परिचयात्मक कार्यक्रमको क्रममा मेजर पियर्सले आफू मातहतका गोर्खालीहरुको बहादुरी, वीरता, अनुशासन, कत्र्तव्य परायण आदिजस्ता असल सिपाही बनिनलाई अत्यावश्यक पर्ने गुणभन्दा गोर्खालीहरुलाई हिनतावोधका साथै अपमानित हुने ढङ्गले व्याख्या गरिनु ठूलो भूल भयो । मेजर पियर्सको गोर्खालीहरुलाई गरिने व्यवहार पनि उही प्रकृतिको रह्यो ।

यसबाट सोझासिधा अनुशासित गोर्खालीहरुलाई चोट पर्नु अस्वाभाविक थिएन । अपमानित हुदै पनि उनीहरु मौन सहेर तालिममा खटिदै रहे । हवाई एक्सरसाइज सफलताको अन्तिम बिदाई पार्टीमा समेत कम्पनि कमाण्डरजस्तो उच्च ओहदाको व्याक्तिले आफ्नै गोर्खाली सिपाहीलाई गरेको दुर्वचन र दुव्र्यवहारका कारण उनले कुटाइ खान पर्‍यो । उनको अभिमानि मगजले के बुझ्न चुकायो भने परेडको बखत हुकुमले बाधिएका गोर्खालीले बाध्यतापूर्वक प्रतिक्रियारहीत उनको दुव्र्यावहार सहेका थिए । तथापि मौन सहनुको अर्थ यो थिएन कि जस्तो परिस्थितिमा जे जस्तो दुर्वचन र दुव्र्याव्यहार गरे पनि गोर्खालीलाई पाच्य हुन्छ । सिमाविहीन केही हुदैन । अझ् पार्टीको समय निर्बन्धित नरहे पार्टीजस्तो पनि नहुने । सानो निँहुले झगडाको वीजारोपण गर्छ भन्ने उक्ति सही ठहरियो जुन ३ तारिक रातको बिदाई पार्टि । मेजर पियर्सको हेपायति प्रवृतिका कारण उनी आफ्नै सिपाहीद्वारा कुटिन पर्‍यो ।

Ganesh Rai
गणेश राई, लेखक

के सबै दोषि हुन्ः
जुन तीन तारिकको रात सबैको सामुन्ने मेजर पियर्स पार्टिस्थलमा कुटिएका थिएनन् । उनलाई सबैले कुटेको पनि थिएन । सबैले कुटेको भए उनको प्राणपखेरु उति बेलै कफिनभित्र बन्दी हुने थियो । दुव्यवहार गरी उनी आफ्नो कोठा फिरे । अपमानित केही गोर्खालीलाई रिसको भूतले दिमाग चाट्नु चाट्यो । होच्याउनुको जसरी सिमा हुन्छ सहनुको पनि उसरी नै सिमा हुन्छ भन्ने मान्यतामा ती जमात पुगे । ती आक्रोसले असैह्य बने ।

अन्ततः मेजर पियर्सको कोठामा पसी दुव्र्यवहारको बदला लिए । वास्तवमा हवाई टापु जाने सबै दोषि थिएनन् र होइनन् । मुख्य दोषि ती थिए र हुन् जसले यो वातावरणको सृष्टि गर्‍यो । मेजर पियर्स आफै र उनलाई उक्साउने र उनको पक्षमा वकालत गर्ने गोर्खा क्याप्टेन चन्द्रकुमार क्रमस पहिलो र दोस्रो दोषि हुन । साथै दोषि ती पनि हुन् जसले आफू विरुद्ध अभद्र व्यवहार गर्ने मेजर पियर्सलाई गलत तरिकाले बदला लिए । जसका कारण सम्पूर्ण सपोर्ट कम्पनि साथै अन्य जो हवाई एक्सरसाइज गएका थिए ती सबै बदनाम हुुन पर्‍यो ।

स्वार्थि मनोवृत्तिको परिणतिः
नघट्न पर्ने घट्ना घट्यो हवाईमा । यो चतुर ब्रिटिसले आफ्नो नागरिक गोरा अधिकृतको साँख बचाउन दाबि गरेजस्तो म्युनिटि अथवा आदेश नमानी सिपाहीले गरेको बिद्रोह कदापि थिएन । किन पनि भने सबै सिपाही घट्नामा सामेल थिएनन् । यो घट्ना के चाहिँ वास्तवमा थियो र हो भने सहनुको पराकाष्टा नाघे पछि मानवीय स्वाभावको प्रतिक्रिया र परिणति भने अवश्य थियो । यस घट्नालाई तर, हदै अतिरञ्जित पारियो । आआफ्नो स्वार्थानुसार व्याख्या गरीयो । अत्यधिक निर्दोषलाई जब्बरजस्ति दोषि पारियो र कानुनको खिल्ली उडाउदै दण्डित गरीयो । यसो गरिनुमा तत्कालीन बटालियन कमाण्डर कर्णेल नाइजेल वारेन र गोर्खामेजर प्रतापसिङ्को अभिमानि ब्रम्हले सहीका साथै न्यायोचित काम नगरी स्वार्थपरस्त बनिनु मुख्य कारण थियो । साथै केही गोरा कम्पनि कमाण्डर अनि गोर्खाली कम्पनि टु.आई.सि. हरुको पनि हवाईकाण्डलाई बद्नाम काण्ड बनाउन हात थियो ।

अधुरो अपुरो छानबिन
छानबिनको सुरुआत नै नकारात्मक उद्देश्यले अभिप्रेरित भई थालियो । कसरी दोषिको पहिचान गर्ने भन्नेभन्दा पनि कसरी हवाईमा सम्लग्न जति सबैलाई दोषि बनाउने भन्ने रुग्ण मानसिकताले अति सतही छानबिनको नाटक गरीयो । छानबिनका निम्ति पेसेवर व्यवसायिक अनुसन्धानकर्ताहरुलाई सम्लग्न नगराईनुले नै के पुष्टि गर्छ भने छानबिन पर्याप्त, पूर्ण र कानुनसङ्गत थिएन । जसरी हुन्छ सबैलाई भड्खालोमा जाक्ने हतारो गरियो । गोरा कुट्ने तीन जनाको नाउँ नबताए खाली खुट्टा घर पठाइने अर्थात् कोर्टमार्शल गरिने घम्कि दिइयो । कुटेको देख्नु त के, मेजर पियर्स कुटियो रे भनी अर्को दिन सुन्नेहरुले के को आधारमा तीन जनाको नाउँ दिने । गम्भीर आरोपको अनुसन्धान गम्भीर र न्यायसङ्गत हुनुपर्‍थ्यो र, मेजर पियर्स कुट्नेलाई पत्ता लगाई सजायको कठघरामा उभ्याइनु पर्‍थ्यो ।

यसो गरीएको भए निर्दोषहरु झूूटो आरोपले आरोपित नहुने थिए । साथै कानुनको पनि पालना गरेको ठहरिन्थ्यो । असल कामको श्रेय लिएजस्तै हवाईकाण्डलाई अझ् बद्नाम गराउने अपजसको जिम्मेवारि कर्णेल नाइजेल वारेन र गोर्खामेजर प्रतापसिङ्गले स्वीकारुन् या नस्वीकारुन् ती नाउँ इतिहासमा दुर्नाम र कलङ्कका रुपमा स्वीकारि सकिएका छन् । निर्दोषलाई जब्बरजस्ति दोषिको आरोपले डामी खालि खुट्टा घर पठाइनुले त्यसबाट उनीहरुको जीवनमा पर्ने प्रत्यक्ष असरप्रति वेवास्ता गरिनु मानवताको बिरुद्ध जघन्य अपराध थियो स्वार्थी नाइजेल वारेन र प्रतापजङ्गहरुको ।
नाइजेल वारेन र प्रतापसिङ्गको अर्को स्वार्थ र भुल के पनि रह्यो भने गैरकानुनि कोर्टमार्शल गरिनु । कोर्टमार्शल गरिनु नै थियो भने हवाई एक्सरसाइजमा सम्लग्न सबैलाई बिना पक्षपात कोर्टमार्शल गरिनु प¥थ्यो । तर त्यसो गरिएन । केहीलाई चोख्याइयो र निर्दोष पारियो । तिनीहरुको निर्दोषिताको आधार के ? के नाइजेल वारेन र प्रतापसिङ्गसित यो सवालको सही जवाफ छ ?

हवाइकाण्डले फस्ट सेभेन गोर्खा राइफल्सको र समग्रमा गोर्खा ब्रिगेडको नाउँलाई दुर्नाम गरायो । त्यो दुर्नामको जिम्मेवारि कसले लिने ? त्योभन्दा बढी निर्दोषको जीवनमाथि परेको नैतिक र सामाजिक असर र अवस्थाले उसको व्याक्तिगत र पारिवारिक जीवनमा कतिसम्म नकारात्मक प्रभाव पार्‍यो, त्यो भुक्तभोगिलाई थाहा छ । उसले भोग्न परेको मानसिक अपमान र प्रताडनाको क्षतिपूर्ति के हवाइकाण्ड घटाउनेहरुले गर्न सक्छ ? नाइजेल वारेन र प्रतापसिङ्गले गर्न सक्छ ? हवाईकाण्डको अनुसन्धान गर्ने नाममा सतही छानबिन गरी निर्दोषलाई दोषि पार्ने नाटकमा नाटकिय भूमिका खेल्नेलाई कानुनको कठघरामा उभ्याई तदनुरुप सजाय दिलाउन कसैले सक्छ भने त्यो नाइजेल वारेन स्वयम् र प्रतापसिङ्ग आफैले मात्र सक्छ । यद्यपि उनीहरु आफै हथकडिले बाधिई जेलयात्रामा हिँडेको आफ्नो छलि जीवन हेर्न सक्तैनन् । बरु पश्चाताप र प्रायश्चितले जीवनभर भित्रभित्रै जलिरहनु उनीहरुले स्वीकारि सकेका छन् ।

पुनश्च; हवाईकाण्डबारे अझ् बिस्तृत, मिहिन र यथार्थ नालिबेलि बुझ्नको लागि पंक्तिकारद्वारा लिखित राइफलको सङ्गीत उपन्यास बजारमा उपलव्ध रहेको जानकारि गराइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७