विपन्नलाई बाँडिने न्यायो कपडामा पनि भ्रष्टाचार !


८ माघ २०७४, सोमबार
Tato Luga

डडेल्धुरा, ८ माघ : डडेल्धुरामा गरीब नागरिकलाई बाँडिने जाडोको न्यानो कपडा खरिदमा पनि भ्रष्टाचार भएको छ । डडेल्धुराको परशुराम नगरपालिकामा न्यानो लुगा खरिदमा अनियमितता भएको पुष्टि भएको हो । ९ लाख रुपैंयाँको लुगा खरिदमा ३ लाख २० हजार ४१९ रुपैयाँ अनियमितता भएको छानबिन समितिले ठहर गरेको हो ।Tato Luga

नगर कार्यपालिका बैठकले ज्येष्ठ नागरिकका लागि न्यानो लुगा खरिद गर्दा अनियमितता गर्ने परशुराम नगरपालिकाका सूचना अधिकारी जगन्नाथ जोशीमाथि कार्वाहीको माग गरेको छ । बैठकले अनियमितता गरेको रकम सोधभर्नासहित कार्वाही गर्न नगर प्रमुख भिमबहादुर साउदलाई माग गरेको छ ।

नगरपालिकाले यसअघि घटना छानविनका लागि वडा अध्यक्ष तथा कार्यपालिका सदस्य केशव बोहराको संयोजकत्वमा समिति गठन गरेको थियो । मुख्य तीन वडाका राजनीतिक दलको प्रतिनिधित्व रहने गरी समितिमा नेकपा एमालेबाट गणेशबहादुर सिंह, नेपाली कांग्रेसबाट कैलाश कुमार, पाण्डे, नेकपा माओवादी केन्द्रबाट शेरसिंह माल रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७