गरीबको सेवामा निस्केका धुर्मुस आफै धर्मसंकटमा


८ माघ २०७४, सोमबार
dhurmus

काठमाण्डौं, ८ माघ : विपन्न, असक्तहरुको सेवामा निस्किएका हाँस्य कलाकार सीताराम कट्टटेल (धुर्मस) र र कुञ्जना (सुन्तली) अहिले आफै धर्मसंकटमा परेका छन् ।dhurmus

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत वस्तीको काम पूरा गरी हस्तान्तरण गर्नका लागि उनीहरुलाई अहिले निकै समस्या परिरहेको छ । लक्ष्यअनुसार रकम संकलन गर्न नसकिएपछि उनीहरुलाई काममा असजिलो भइरहेको बताएका छन् । फाउण्डेशनले नमुना बस्ती निर्माण अन्तिम चरणमा पु¥याउँदै गएपछि स्थानीयमा भने हर्ष छाइरहेको छ । बस्ती निर्माणका लागि सामान खरिदमा उधारो एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । ‘सोचे जस्तो’ रकम सहयोग नपाइरहेको फाउण्डेसनले जनाएको छ । चाडवाड र तीन तहको चुनावका कारण सोचे जस्तो सहयोग जुटाउन आफूहरुलाई कठिन भएको उनीहरुले बताइरहेका छन् ।

फाउण्डेसनले अनुसार पाँच करोड ९५ लाख लागतमा निर्माणाधीन नमुना बस्तीका लागि अझै एक करोड ३० लाख रकम अपुग देखाएको छ । साढे चार करोडभन्दा बढी रकम सहयोग प्राप्त भइसकेको छ । धुर्मुस र सुन्तलीले साउदी अरब, क्यानडा पुगेर सहयोग रकम जुटाएका थिए । देश बाहिर तथा भित्र रहेका नेपालीको सहयोगमा निर्माणाधीन बस्तीका लागि अपुग रकम जुटाउन धुर्मुस लागिपरेका छन् । तर, आफू विश्वासका साथ काममा लागेकाले रकम पनि जुट्दै जाने सीताराममा आँट जागेको छ ।

दिनहुँजसो सहयोग रकम जुटिरहे पनि करोडभन्दा बढी रकम कसरी जुट्ला भन्ने चिन्ता चाहीं अझै छ । घरको रङरोगन, बिजुली, पानीको व्यवस्था, भित्रि बाटो निर्माण, बाल उद्यान, झ्यालढोका लगाउने काम तीव्र रूपमा भइरहेको छ । बस्ती अवलोकनका लागि भ्यूटावर निर्माणको काम भइरहेको कट्टेल बताउँछन् । उनले भने–‘रकम नजुटे ऋण गरेर भए पनि समयमैै बस्ती हस्तान्तरण गर्ने योजना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७