एमालेले ६ प्रदेशको मुख्यमन्त्री नछोड्ने


८ माघ २०७४, सोमबार
wa

काठमाण्डौं, ८ माघ : नेकपा एमाले ६ नम्बर प्रदेशको मुख्यमन्त्री पद माओवादीलाई नछोड्ने भएको छ । प्रदेश–६ मा एक्लै सरकार बनाउन सक्ने सदस्य संख्या आफूहरुसँग भएको भन्दै एमाले प्रदेश नं. ६ को मुख्यमन्त्री पद नछोड्ने निर्णय गरेको हो ।wa

सोमबार वीरेन्द्रनगरमा भएको प्रदेश–६ को संसदीय दलको पहिलो बैठकले जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमालेले ५० प्रतिशत अर्थात २० सिट जितेको भन्दै बैठकले प्रदेशको नेतृत्व दावी गर्ने निर्णय गरेको हो । एमाले प्रदेश नं. ६ को कमिटीले यसअघि नै प्रदेश ६ को मुख्यमन्त्री दावी गर्ने निर्णय गरेको थियो ।

यो प्रदेशमा मुख्यमन्त्रीमा शुरुबाटै माओवादीले पनि दावी गरिरहेको थियो । अरु प्रदेशको तुलनामा प्रदेश ६ मा माओवादीको उपस्थिति बलियो भएकोले माओवादीले पनि मुख्यमन्त्री नछोड्ने अडान कायमै राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७