लालबाबुले बन्दीहरूलाई भने,‘देश, समाज र राष्ट्रलाई राम्रो गर्नुछ भनेर सोच्नुहोस्’


८ माघ २०७४, सोमबार
Lalbabu pandit 6

बेलवारी : नेकपा (एमाले)का पोलिष्टब्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले विराटनगर र मोरङ कारागार सरोकार वालाहरुसँग अनुगमन तथा निरीक्षण गरेका छन् । सोमबार उनले विभिन्न अपराध गरी सजाय काटीरहेका कैदीबन्दीहरु बसोबास गर्ने भवन तथा उनीहरूको अवस्था बुझ्न अनुगमन तथा निरीक्षण गरेका हुन् ।Lalbabu pandit 6

निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै उनले अपराध हेरेर खुल्ला जेलको अवधारणा ल्याउनुपर्ने बताए । ‘कारागार एउटा सुधार गृह हो,’ पण्डितले भने, ‘जघन्य अपराध बाहेक अन्य सजाएमा आएका बन्दीलाई परिवारसँग जोडेर राख्न मिल्ने वातावरण सृजना गर्नुपर्दछ, जसले गर्दा कैदीबन्दीमा एक प्रकारको डिप्रेसन हट्छ ।’

ठुला अपराधीलाई बेलैमा दण्डीत गर्न सके अपराधमा कमी आउने उनले बताए । धेरै पहिलेदेखि नै बन्दीलाई सेवा सुविधा अहिले पनि त्यही अवस्थामा रहेकोले सरकारले बन्दीले पाउने सुविधा बढाउनुपर्नेमा पण्डितले जोड दिए ।

उक्त कारागारमा जनआन्दोलनको बेला १९ दिन उक्त जेलमा बिताएका थिए । ‘ तपाईँहरू यहाँ बस्दा आफूले गरेको गल्ती पश्चताप गरी निस्केपछि देश, समाज र राष्ट्रको राम्रो गर्छु भन्ने सोच्नुहोस्’, उनले भने,’आज सरस्वती पूजाको दिन आजै देखि  तपाईहरू  जीवनमा गुनगानका कुरा सिक्न र सिकाउने दिन को सुरुवात गर्नुहाेस् ।’

७ सय ४३ कैदीबन्दी रहेको उक्त कारागारमा ६ सय ६६ पुरुष बन्दी छन् । भने उनीहरूमध्ये ४ सय ५० जना जेलभित्रै पौरख गर्दै आएका छन् । उनीहरू बाँसको मुढा, ढाकाको टोपी र फर्निचरको सामग्री उत्पादनसम्म गर्छन् । उनीहरू पत्रपत्रिका एवं पुस्तक पढ्ने, कपडा सिलाइ–बुनाइ गर्ने, लेख्ने र योगागर्ने जस्ता रचनात्मक काम गरेर समय बिताउँछन् ।

कार्यक्रममा जेल भित्र भएको विभिन्न खेलकुदमा विजयी हुने बन्दीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । क्यारेमबोर्ड प्रतियोतियोगितामा सन्तोष लिम्बु प्रथम र द्धितीय अशोक राई भएका थिए ।

त्यस्तै टेवलटेनिसमा जयकृष्ण राय प्रथम र उत्तम तामाङ्ग द्धितीय भएका थिए । भलिबलतर्फ लोकेन्द्र परियार, मस्ताव वर्मन, रविन राई लोकन्द्र साँवा र सविन राईको समूह प्रथम भएको थियो भने द्धितीय कैलाश पोखरेल, सरुन् मगर, खेम गुरुङ, एलयक्स नेपाली भएका थिए । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथिी पण्डित, चौकीदार गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।

 

तस्बिर : वासिम अालम

Lalbabu pandit 8

Lalbabu pandit 7

 

Lalbabu pandit 4 Lalbabu pandit 3

Lalbabu pandit 2

Lalbabu pandit 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७