अाजकाे राशिफल


९ माघ २०७४, मंगलवार
rashifal today

वि.सं. २०७४ साल माघ ९ गते। मंगलबार। इश्वी सन् २०१८ जनवरी २३ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– षष्ठी, १२स्३५ बजेउप्रान्त सप्तमी। नक्षत्र– रेवती, २८स्५२ बजेउप्रान्त अश्विनी। योग– शिव, ७:२० बजेदेखि सिद्ध, २९: ३२ बजेउप्रान्त साध्य। करण– तैतिल, १२स्३५ बजेदेखि गर, २४:१४ बजेउप्रान्त वणिज। आनन्दादिमा शुभ योग। चन्द्रराशि– मीन, २८: ५२ बजेउप्रान्त मेष। काठमाडौंमा सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७स्३६ बजे र दिनमान २६ घडी ३८ पला। पञ्चक ७:५२ समाप्ति। स्कन्द षष्ठी।rashifal today

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम गर्ने उत्साह र हौसला मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । राज्य बाट मान सम्मान पाइनेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारिक सद्भाव बढ्नेछ । चिट्ठा, वा लटरी बाट आय हुने सम्भावना छ । कार्यमा सफलता पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवार संग रमाइलो भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राजनैतिक कार्यमा बाधा आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउनेछ । पारिवारिक समस्या देखिनेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्र बाट विशेष सहयोग मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा बाधाका साथै मन कमजोर रहला ।सौन्दर्यतामा धन खर्च हुनेछ । चुनौतीको सामना गर्नुपर्ला ।

बृश्चिक 

ico 9

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । तिर्थाटनको योगछ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

मकर 

ico 11

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लाभदायक यात्रा रहला । श्रमको उचित मुल्याङन हुनेछ । बिश्वास गरेकाले साथ दिनेछन् ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्रातिको लागी संघर्ष गर्नु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । स्वास्थ्य विग्रिएला ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रुलाई प्रभावित पारेर काम बन्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७