आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियारलाई बयान दिंदै


९ माघ २०७४, मंगलवार
Gopal Khadka 2

काठमाण्डौं, ९ माघ : नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका निगममा कार्यकारी निर्देशक गोपाल खड्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिने भएको छ ।Gopal Khadka 2

आयोगले आज (मंगलबार) देखि उनको बयान लिन थालेको हो । जग्गा खरिद प्रकरणमा मुछिएका जग्गाधनी, बिचौलिया, टेण्डरदाता, तत्कालीन स्थानीय निकायका प्रतिनिधिसँगको बयान सकिएपछि आयोगले निगमका पदाधिकारीको बयान लिन थालेको हो । आयोगले निगमका उच्च पदस्थ १६ जनाको बयान लिइसकेको छ । हालसम्म करीब तीन सय जनाको बयान लिइएको अख्तियार स्रोतले जनाएको छ । स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।

निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ । तत्कालीन संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले निगमले जग्गा खरिद गर्दा जायज मूल्यभन्दा चार गुणासम्म बढी तिरेर घोटाला गरेको प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खड्काको बयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको बयान थालिने अख्तियार स्रोत जनाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७