‘माथिको आदेश’ भन्दै भन्सार गेटबाटै फर्काइयोे नेपाली अदुवा


९ माघ २०७४, मंगलवार
aduwa

इलाम, ९ माघ : भारतले नेपालबाट अदुवाको भारी बोकेर गएका ट्रकहरुलाई भन्सार गेटबाटै फर्काइ दिएको छ । भारतीय भन्सारको निकासी अनुमतिका लागि १० दिनदेखि पर्खिएर बसेका ७० वटा भन्दा बढी ट्रक अन्नतः नेपाल फर्किएका छन् । १६ टनसम्म अदुवा बोकेका ७० ट्रकमध्ये कुनै दुई साता र कुनै एक साताअघि मेची भन्सार कार्यालय परिसर निकासी अनुमति पर्खदै बसेका थिए ।aduwa

तर, भारतीय भन्सारका कर्मचारीले अकस्मात ‘माथिको आदेशा’ भन्दै नेपाली अदुवा मेची नदी कटाउनै नदिएपछि लोड भएका ट्रक फर्काउन बाध्य भएको अदुवा व्यापारीहरुले बताएका छन् । ‘पटक–पटक मन्त्रालयस्तरसम्म पहल गर्दा पनि अदुवा निकासी गराउन नसकिएको अदुवा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्का बताउँछन् । उनले भने े–‘निकासी अनुमति पाइने आशमा १७ दिनसम्म पर्खियौ । धेरै अदुवा गाडीमै कुहियो, पर्खेर नहुने देखेपछि फर्कायौ ।’

दुई-तीन वर्षयता नेपाली अदुवा निकासीमा भारत पक्षले अवरोध सिर्जना गरिरहेको इलाम बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेल बताउँछन् । पहिला पनि नेपालको अदुवा निकासीमा भारतले अल्झन दिने गरेको जानकारी दिंदै पौडेलले भने–‘पहिला त केहि दिन अवरोध गरे पनि पछि जान दिइन्थो । तर, यस पटक १७ दिन लोड भएका गाडी भन्सार छेउमा लाइन लगाउँदा पनि जान दिइएन ।’ अहिले निकासी नभएपछि फर्काइएको अदुवा व्यापारीहरुले फेरि गोदाममा नै राखेको उनी बताउँछन् । नेपालको अदुवा निकासी नहुँदा व्यापारीलाई घाटा मात्र नहुने, किसानलाई समेत मार पर्ने उनी बताउँछन् ।

इलाम र पाँचथरसहित विभिन्न जिल्लाका व्यवसायीले भारत निकासीका लागि अदुवासहितका ट्रक १७ दिनदेखि भन्सारमा लाइन लगाएका थिए । भारतीय भन्सारका कर्मचारीले नेपाली अदुवा निकासीका लागि कुनै अनुमति नभएको भन्दै ट्रकलाई भन्सार पास अनुमति नदिएको व्यवसायी बताउँछन् । ‘हामीले भारतमा पनि भन्सारभन्दा माथिल्ला सरोकारवाला निकायमा पहल ग¥र्यौ’ अदुवा व्यवसायी संघका अध्यक्ष खड्का भन्छन्–‘तर, हाम्रो कुनै सीप चलेन ।’ स्पष्ट कारण बिनै नेपालको कृषि उपज निकासीमा भारतले अवरोध गर्नु सन् २०१७ मा भएको नेपाल–भारत वाणिज्य सन्धि विपरीत हुने व्यापारी कृष्ण पौडेल बताउँछन् ।

यसअघि चिनियाँ अदुवा मिसावट र अन्य कारण देखाइए पनि यो पटक भारतको लखनउ कमिस्नरले नै नेपाली अदुवा निकासी हुन नदिएको अपुष्ट खबर आएको पौडेलको भनाई छ । वाणिज्य सन्धिमा स्वतन्त्र पारवहन अधिकार भए पनि भारत पक्षले यसलाई लुकाइ रहेको पनि व्यापारीको आरोप छ । भन्सारमा लामो समय अदुवाको ट्रक लाइन लगाउँदा कुहिएर जाने र अन्य खर्च समेत बढ्ने भएकाले फर्काउन वाध्य भएको पौडेलले बताए । अदुवा बेच्ने बेला निकासी रोकिएपछि व्यापारी बढी चिन्तामा छन् । यो सिजनमा नेपालबाट करीब आठ सय ट्रक अदुवा निकासी भइसकेको छ भने दुई हजार पाँच सय ट्रक हाराहारी अदुवा अझै निकासी हुन बाँकी रहेको संघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७