रुसी सञ्चार जगतमा ‘भगवान’ बनिंदै भ्लादिमिर पुटिन


९ माघ २०७४, मंगलवार
putin1

लामो समयदेखि रुसी सञ्चारमाध्यममा राष्ट्रपति भ्लादिमिर पुटिनको छविलाई एउटा जोदाहा नेताको रुपमा प्रस्तुत गरिंदै आएको छ । जसले रुसलाई पश्चिमाहरुबाट जोगाए । तर, अहिले रुसी सञ्चारमाध्यममा उनको छवि भगवानको रुपमा स्थापित गरिँदैछ । रुसमा आगामी वर्षको मार्चमा राष्ट्रपतिको चुनाव हुँदैछ । यस्तोमा सरकारी टेलिभिजन च्यानलले उनको धार्मिक स्तुतिगान गाउँदै एउटा भगवानको रुपमा देखाउन खोजी रहेको छ, जसले देशको ऐतिहासिक मतभेदहरु मेटाएर देशलाई जोगाए र विकासको मार्गमा अग्रसर गराए । putin1

यस कामका लागि देशको सबैभन्दा ठूलो सरकारी च्यानल ‘रोसिया’ मा एउटा डकुमेन्ट्री प्रशारण गरिँदैछ । यो डकुमेन्ट्री वलाम नामक एउटा मठसँग जोडिएको छ । जुन उत्तरमा अवस्थित झिल लादोगा नजिक एउटा द्विपमा अवस्थित छ । सो झिल पुटिनको मन पर्ने स्थानमध्ये एक भएको विश्वास गरिन्छ । सोभियत सरकारको पालामा त्यसलाई बन्द गरिएको र हेरचाह नगरिएका कारण उक्त मत पूर्णरुपमा भत्केर भग्नावशेषमा परिणत भइसकेको थियो । डकुमेन्ट्रीका अनुसार सोभियत संघ विघटनपछि यसलाई राष्ट्रपति पुटिनको सहयोगमा फेरि पूर्णरुपमा निर्माण गरिएको हो । डकुमेन्ट्रीमा वलामलाई पटक–पटक रुसको ऐना भनिएको छ । सन् १९१७ मा भएको अक्टुबर क्रान्तिपछि यो मठलाई क्षति पुर्‍याइएको थियो र यसको पुनर्निर्माणलाई पुटिन नेतृत्वमा भएको प्रगतिको प्रतीकको रुपमा व्याख्या गरिएको छ । भिडियोको एउटा दृष्यमा पुटिनले सोही मठको यात्रा गरिरहेका देखाइएको छ । यहाँको भ्वाइसओभरमा के भनिएको छ भने–‘जतिबेला महान रुसलाई त्रास फैलाइयो, वालम पनि नष्ट भयो तर यसलाई फेरि पुनर्जीवन दिइएको छ र हाम्रो देश फेरि आफ्नो खुट्टामा उभिएको छ । putin2

पुनर्जन्म : यो द्विपमा राष्ट्रपति पुटिनको पहिलो यात्रालाई एउटा दैविक घटनाझैँ देखाइएको छ । डकुमेन्ट्रीमा सङ्गीतको साथ पार्सवमा स्वर पनि सुनिन्छ । उक्त ठाउँमा ढुङ्गा आएर रोकियो र त्यहाँ पुटिन झुल्किन्छन् । मठका प्रमुख विसप पैन्क्रान्ति पूरानो कुरा सम्झन्छन्, कसरी यहाँ घुम्न आएकी एउटी सेवानिवृत्त महिलले आफ्नो आँखा मिच्दै हेर्छिन् कि यो कुनै सपना होइन, ‘यो त सत्य हो !’ र त्यसपछि यो ठाउँमा पुटिनले मठको यात्रा गरे । जङ्गलमा अवस्थित यस पवित्र मठलाई फेरि स’न्दर र राम्रो बनाइदिने छन् । भिडियोमा अझै एउटा कुरामा जोड दिइएको छ । त्यो हो, कसरी सोभियत शासनको बेलामा सैन्य नास्तिकता थियो र आज पुटिनको पालामा त्यो फेरि आस्थाको चरणमा फर्काएर ल्याइयो । डकुमेन्ट्रीले पुटिनले कसरी सोभियत संघको पालाको शक्तिशाली रुसलाई सम्झने नागरिकहरु र क्रान्तिभन्दा पहिले धार्मिक आस्थासँग सम्बन्धित परम्पराहरुको सम्मान गर्ने नागरिकहरुलाई जोडे भनेर देखाइएको छ । Putin

डकुमेन्ट्रीमा पुटिन नराम्रो भन्दा नराम्रो समयमा पनि सम्झौताको बाटो थियो, किनभने दोस्रो विश्वयुद्धको चरणमा सोभियत सेनाले मठमा काम गर्ने पुरेतहरुलाई मठ छोड्न’ भन्दाअघि त्यहाँबाट पवित्र अवशेषहरु लैजाने अनुमति दिएका थिए । त्यसपछि उनी भिडियोमा भन्छन्–‘साम्यवाद र ‘क्रिस्चियनिटी’ एउटै जस्तो विचार हो ।’ उनी बोल्सेविक क्रान्तिका नेता लेनिनको तुलना इसाई धर्मका चर्चका पवित्र अवशेषहरुसँग गर्छन् ।

पाँचौँ स्तम्भ : यस्तै सारांश भएको अर्को एउटा डकुमेन्ट्री पनि हालै सरकारी टेलिभिजनमा देखाइएको थियो । यसमा पनि पुटिनलाई देश जोगाउने महान नेता तथा सोभियत र क्रान्तिभन्दा पहिले मानिने परम्पराबीचको समन्वयकर्ताको रुपमा पेश गरिएको थियो । रुसमा नयाँ वर्षको बिदाको बेला सरकारी टेलिभिजन ‘रोसिया–२४’ मा बयोवृद्ध राष्ट्रवादी एलेक्जेन्डर प्रोखानोभले बनाएको पाँच भागको एउटा कार्यक्रम प्रशारण गरिएको थियो । त्यसमा पनि रुसमा आम नागरिकको जीवनको केन्द्र सत्ता प्रतिष्ठान रहेको, जसले ऐतिहासिक रुपमा कैयौँ विपदको सामना गरेका छन् । तर हरेक पटक दैवीय हस्तक्षेपमाफर्त रुसले नयाँ जीवन प्राप्त गर्‍यो ।

प्रोखानोभका अनुसार अक्टुबर क्रान्तिपछि यो चमत्कारको केन्द्रमा जोसेफ स्टालिन थिए, जसले एउटा नयाँ र शक्तिशाली सोभियत संघको स्थापना गरेका थिए । तर त्यो श्रृङ्खलामा स्टालिनले गरेको मानवअधिकार उल्लङ्घनको घटनामाथि भने कुरा गरिएको छैन । यसपछि सोभियत संघको विघटनपछि भ्लादिमिर पुटिन अर्का महान व्यक्ति थिए जसका कारण रुस आफ्नो स्वर्णीम समयमा पुग्यो ।Putin 1

राष्ट्रपति चुनाव !८ मार्चमा हुने राष्ट्रपति चुनावभन्दा ठीकअघि यो सबै महिमागान किन भइरहेको छ भने पुटिन चौथो पटक ६ वर्षका लागि राष्ट्रपति चुनावमा विजयी हुन सकून् । कम्तीमा पनि यस्ता प्रयासहरु क्रेमलिनबाट भइरहेका छन् । पक्कै पनि यो कुनै संयोग होइन कि वलाम डकुमेन्ट्री बनाउने र प्रदर्शन गर्ने एक जना चर्चित पत्रकार पुटिनका प्रवक्ता बनिसकेका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचारको आरोप र जीवनस्तरमा न्यून भएका कारण मानिसहरुमा आएको असन्तुष्टि हुँँदाहुँँदै पनि रुसी जनताका बीच राष्ट्रिय पुनर्जीवनको कुराले निकै प्रभावकारी ढङ्गले काम गरिरहेको छ । यसका साथै सरकारी टेलिभिजनको चुनावी पूर्वानुमानमा पुटिनको पक्षमा ८) प्रतिशत समर्थन छ । तर क्रेमलिन अहिले पनि विजयका लागि आश्वस्त छैन । पुटिनको विरुद्ध चुनावमा भ्रष्टाचार विरोधी अलेक्सी नेवलेन्यीलाई एउटा अपराधमा अभियुक्त बनाएर चुनाव लड्नबाट वञ्चित गरिसकिएको छ । जसलाई मानिसहरुले राजनीतिक हतकण्डाको रुपमा लिइरहेका छन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७