कसरी सफल बन्ने ? प्रियंकाका ११ सुत्र


९ माघ २०७४, मंगलवार
PRIYANKA

भारतीय चलचित्रमा प्रियंका चोपडाको नाम सफल स्टारको सूचीमा पर्छ । बलिउडमा धुम मच्चाएकी उनी हलिउडसम्म पुगेकी छिन् । ‘मल्टी ट्यालेन्टेड’ अभिनेत्री प्रियंका समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । आफ्नो सफलताका कथा सुनाउँदै संघर्षका पाठ पनि सिकाउँछिन् उनी । हालै दिल्लीको एक कार्यक्रममा ‘ब्रेकिङ द ग्लास सिलिङ स् चेन्जिङ द ड्रिम’ विषयमा प्रियंकाले भाषण दिइन् । उनले सफल हुन आवश्यक केही मन्त्र सुनाइन् :-

PRIYANKA

१) सफल हुन सबैभन्दा पहिले आफैँलाई चिन्न जरुरी हुन्छ । आफूलाई पहिचान गर्ने र आफ्नो काममा सक्षम छु भन्ने धारणा बनाउनुपर्छ ।

२. सफल हुन सपना देख्नैपर्छ । सपना देखेर मात्रै हुँदैन, सपनासँगै उँड्न सक्नुपर्छ । परिवर्तनदेखि डराएर सपनामै जकडिने व्यक्ति सफल हुँदैन ।

३. महत्वाकांक्षी हुनु नै सफल हुने महत्वपूर्ण मन्त्र हो । सफल हुन खासगरी महिला महत्वकांक्षी हुन जरुरी छ ।

४. सफल हुन सपना आफैँ तय गर्नुहोस् । कसैले देखाइदिएको सपनाको पछि लागेर सफल हुन सकिँदैन । आफ्नो सपना तय गर्ने हक अरू कसैलाई नदिनुहोस् ।

५. थोरै प्राप्तिमै सन्तोष जनाउने व्यक्ति सफल हुन सक्दैन । सपना पूरा गर्न लोभी हुन सक्नुपर्छ । लोभ पनि सफलताको एक मन्त्र हो ।

६. सफल हुने प्रयासमा हार प्राप्त भए पनि हरेस खानुहुँदैन । हारलाई नराम्रो मान्नुहुँदैन । बरु, हारपछि दह्रो भएर उभिन जरुरी छ ।

७. जोखिम लिनैपर्छ । तर, जोखिम लिनुभन्दा पहिले गम्भीर भएर सोच्न जरुरी हुन्छ । विनासोच, जोखिम मोलेर मात्रै सफल भइँदैन ।

८. कसैलाई खुसी राख्न सकिँदैन भने त्यस्तो सफलताका लागि कोसिस नगर्नु नै राम्रो हुन्छ ।

९. जहिल्यै हरेक विषयलाई गम्भीर रूपमा लिने व्यक्तिलाई सफल हुन गाह्रै पर्छ । हरेक विषयलाई गम्भीर रूपमा लिन छाड्दा नै सफल हुन सजिलो हुन्छ । जिन्दगीको मजा लिन सक्नु सबैभन्दा महत्वपूर्ण पाटो हो ।

१०. मानवीयता सधैँ जरुरी हुन्छ, कसैले आफ्नो लागि केही सहयोग गरेको छ भने, उसलाई सहयोग गर्नु आफ्नो पनि जिम्मेवारी हो ।

११. आफ्नो धरातल भुल्ने व्यक्ति सफल हुन सक्दैन । म कहाँबाट आएको हुँ भन्ने कहिल्यै नभुल्नू

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७