त्रिचन्द्र अस्पताल ब्यापारीलाई भाडा दिंदा सेनाको गरिमा घटाउँछ : पूर्व सेनापति राणा


१० माघ २०७४, बुधबार
Militry Hospital
????????????????????????????????????

काठमाण्डौं, १० माघ : काठमाण्डौंको महांकालमा त्रिचन्द्र मिलिटरी अस्पतालका लागि बनाइएको नयाँ भवन ब्यापारीलाई भाडामा दिने नेपाली सेनाको निर्णय आलोचित बनेको छ ।

Militry Hospital
सेनाको उक्त निर्णयमा पूर्व सैनिक अधिकृतहरूले नै आपति जनाएका छन् । अस्पतालको ९० वर्ष पूरानो भवन भत्काएर बनाइएको ९ तले भवन सेनाले वार्षिक ५० करोड रुपैयाँमा एभरेष्ट इन्टरप्राइजेजका सञ्चालक चन्द्रबहादुर श्रेष्ठलाई १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको छ । यसको अन्तिम सम्झौता भने हुन बाँकी छ । तर, सेनाको यो कदमको सैन्य क्षेत्रभित्रै आलोचना भइरहेको छ । सेनाका पूर्व उच्च अधिकारीहरूले यो कदम गलत र कानुन विपरीत हुने प्रतिक्रिया दिइरहेका छन् ।

कतिले आर्थिक चलखेलमा परेर अस्पतालको भवन पूर्व प्रधान सेनापति र जर्नेल गरी करीब आधा दर्जन उच्च सैनिक अधिकृतहरुले यो निर्णयप्रति आपति जनाएका छन् । पूर्व प्रधानसेनापति गौरवशमशेर जबराले सेनाको कल्याणकारी कोषको सञ्चालक समितिले अस्पताल बनाउन गरेको निर्णय बदल्नु गलत भएको बताएका छन् ।

‘कल्याणकारी कोषको सञ्चालक समितिले अस्पताल निर्माण र सञ्चालनको लागि ४ अर्ब ५० करोड छुट्टाएको थियो त्यो बैठकमा अहिलेका प्रधानसेनापतिसहित सबै पिएसओ उपस्थित थिए’–उनले भने– ‘त्यतिबेला कसैले नोट अफ डिसेन्ट पनि लेखेको थिएन । तर, अहिले किन त्यो निर्णय परिवर्तन भयो ?’ कल्याणकारी कोषको पैसाले व्यापारिक काम गर्नै नमिल्ने उनको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७