सातै प्रदेशमा यस्तो देखियो राष्ट्रियसभा सदस्यको मनोनयन (फोटो फिचर)


१० माघ २०७४, बुधबार
Rss Images 1516790811493 PRO KTM 20180124 Badal 2

काठमाण्डौं, १० माघ : आउँदो माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि बुधबार देशका सात वटै प्रदेशमा उम्मेद्वारको मनोनयन दर्ता भएको छ ।

Rss Images 1516789332425 MD Brt 20110427 gathbandan
यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश–१ मा मनोनयन दर्ता गर्न वाम गठबन्धनका उम्मेदवार बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहतर्फ जाँदै । तस्वीर : रासस

सात वटै प्रदेशका निर्वाचन आयोगमा नेकपा एमाले, नेकपा माओवादी, नेपाली कांग्रेसलगायत दलबाट सिफारिस भएका उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् ।

Rss Images 1516791019901 PRO KTM 20180124 IMG 8884
ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश–३ बाट मनोनयन दर्ता गर्दै नेकपा एमालेका नेताहरु । तस्बिर : रासस

नेकपा एमाले र नेकपा माओवादीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनकै घोषणा–पत्रका आधारमा मनोनयन दर्ता गरिएको प्रतिक्रिया दिएका छन् ।

Rss Images 1516791351576 PRO KTM 20180124 IMG 8959
ललितपुरको मानभवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार प्रदेश–३ बाट मनोनयन दर्ता गर्दै नेपाली कांग्रेसका नेताहरु ।. तस्विर : रासस

उनीहरुले साझा घोषणा–पत्र मनोनयनको मुख्य आधार रहेको बताएका छन् । मनोनयनमा सहभागी शीर्ष नेताहरुले मुलुकको गरिमालाई उच्च बनाउने दायित्व आफूहरुको काँधमा आइरहेकाले उक्त जिम्मेवारी निर्वाह गर्नका लागि उम्मेद्वारी दर्ता गराएको बताएका छन् । प्रत्येक प्रदेशमा ८–८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट रहन्छ ।

Rss Images 1516789408841 MD Brt 20110427 congress
यहि माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश–१ मा मनोनयन दर्ता गर्न नेपाली कांग्रेसका उम्मेद्वार बुधबार विराटनगरस्थित वीरेन्द्र सभागृहतर्फ जाँदै । तस्विर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७