गेसो सभापतिको प्रश्न, ‘गोर्खालीहरुलाई कहिलेसम्म राज्यविहिन बनाइरहने ?’


२ भाद्र २०७४, शुक्रबार
Krishna Kumar Rai Gaeso

हङकङ : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति कृष्णकुमार राईले गोर्खा सैनिकहरुलाई नेपाल सरकारले समेत राज्यविहिन नागरिक बनाउने षड्यन्त्र गरेको दाबी गरेका छन् । गोर्खालीहरुको न्यायपूर्ण संघर्षमा नेपाल सरकारले सहयोग नगरेको उनको गुनासो छ ।

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, हङकङले अाइतबार गरेको कार्यक्रममा सभापति राईले संबिधानसभाबाट जारी संबिधानको नागरिकताको प्राबधानमा गोर्खा सैनिकहरुमाथि अन्याय भएको प्रष्ट पारे । गोर्खालीहरु माथि गरिएको यो विभेदपूर्ण नीति नसच्चाए आन्दोलन गर्ने उनको चेतावनी छ । उनले सोधे, ‘नेपाल सरकारले हामीलाई पहिचान र राज्यविहिन बनाउन खोजेको छ, आफ्नै नागरिकलाई यसरी पिडामा पार्न मिल्छ ?’

संत्याग्रह समुहलाई प्रश्न, ‘हामी ब्रिटिसको विरुद्धमा छौं, तपाईहरु चहिँँ हाम्रो विरुद्धमा किन ?’
एक अर्को बिषयमा सभापति राईले गोर्खाहरुको आन्दोलनमा ब्रिटिसहरुको घुसपैठ र हस्तक्षेप भएको बताए । उनले सत्याग्रह टोलीले गोर्खाहरुको हितमा काम गर्नेभन्दा पनि गोर्खाहरुलाई बदनाम र विभाजित गर्ने काम गरेको बताए । उनले सोधे, ‘हामी ब्रिटिसको विरुद्धमा छौं, तपाईहरु चहिँँ हाम्रो विरुद्धमा किन ?’

हङकङमा गेसोको क्षेत्रिय समिति

यसैबीच गोरखा सैनिकहरुको अधिकारको लागि २७ बर्षअघिदेखी संघर्ष गरिरहेको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को क्षेत्रिय समिति हङकङमा पनि गठन भएको छ । गोर्खा आन्दोलनलाई थप सशक्त्त बनाउने अभियान अन्र्तगत हङकङमा नयाँ समिति गठन गरिएको हो ।ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठनको अध्यक्ष समेत रहेका हेमप्रताप गुरूङको अध्यक्षमा गेसोको क्षेत्रिय समिति गठन भएको हो । आइतबार गेसोका सभापति राईको प्रमुख आतिथ्यमा भएको बिशेष कार्यक्रमले गुरूङको अध्यक्षतमा १५ सदस्सीय क्षेत्रिय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा खर्क बहादुर राई, सचिवमा ईश्वरप्रसाद गुरूड कोषाध्यक्ष झमानसिड राना र सहकोषाध्यक्ष नेत्र थापा रहेका छन् ।

यसैगरी सदस्यहरुमा जित नारायण राई, होम बहादुर गुरूङ, शिब कुमार राई, देशराज राई उतरसेर राई र मोहन शंकर राई रहेका छन् । यसैगरी सल्लाहकारहरुमा जगत प्रधान मेजर, शरणकुमार लिम्बु, क्याप्टेन जंग बहादुर राना चयन भएका छन् । यसअघि हङकङमा गोरखा भूतपूर्व सैनिक संगठनले गोर्खाहरुको अधिकारको लागि संस्थागत रुपमा काम गर्दै आएको थियो । गेसोसँग नै समन्वय गरेर संगठन क्रियाशिल थियो । गोर्खा आन्दोलनमा हङकङमा रहेका गोर्खाहरुको महत्वपूर्ण योगदान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७