ग्लोबल आइएमई बैंकले बेलायतमा सम्पर्क कार्यालय खोल्यो


१२ माघ २०७४, शुक्रबार
global ime bank ग्लोबल आइएमई बैंक

काठमाडौं: नेपालीहरूको धेरै बसाई भएको बेलायतको अल्डरसटरमा ग्लोबाल आइएमई बैंकले सम्पर्क कार्यालय स्थापना गरेको छ । बैंकले सम्पर्क कार्यालय भए पनि भविष्यमा नेपाल सरकार र नेपाल राष्ट्र बैंकको सहयोग भए बैङ्क शाखा नै खोल्ने लक्ष्य ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्र ढकालले बताए ।

global ime bank ग्लोबल आइएमई बैंक

अध्यक्ष ढकालले बैङ्कको नेपालभर ११३ शाखा रहेका र ३०० ठाउँबाट आर्थिक कारोबार गर्न सकिने जानकारी दिए । बैङ्कका सीइओ जनक शर्मा पौड्यालले ग्लोबल आइएमई बैङ्क सन् २००७ मा स्थापित नेपालको ‘क’ वर्गको वाणिज्य बैङ्क भएको र बैङ्कको अस्ट्रेलियाको सिड्नी र भारतपछि यूके तेस्रो सम्पर्क कार्यालय भएको जानकारी दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे, रसमोरका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु अलेक्स क्राफोर्ड र बिल वीथर्स लगायतले आफ्नो धारणा राखेका थिए ।

रसमोर मेयर सोफिया चौधरीले आफ्नो बोरमा नेपाली व्यवसाय थपिएकामा खुसी र बधाई दिँदै नेपाली समुदायले बेलायतको अर्थतन्त्रमा समेत योगदान गरिरहेको उल्लेख गरिन् ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडको बेलायतमा सम्पर्क कार्यालयबाट नेपालको जुनसुकै शाखामा खाता खोल्न र आफ्नो रेमिट्यान्स भुक्तानी सिधै आफ्नो बैङ्क खातामा गर्न सकिने बैङ्कले जनाएको छ । आफूलाई चाहिएको बेला ग्लोबल आइएमई बैङ्क लिमिटेडको देशभर रहेका शाखा वा एटिएममार्फत सजिलै रकम निकाल्न पनि सकिने छ ।

समारोहमा ग्लोबल आइएमई बैङ्कका अध्यक्ष चन्द्र ढकाल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, स्थानीय काउन्सिलरहरु, गैर आवासीय नेपाली सङ्घ आइसीसी उपाध्यक्ष कुल आचार्य, प्रमोटर शेयर होल्डरहरु कमल पौड्याल, उत्तम नेपाल, ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष जीव बेल्वासे लगायत सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७