अख्तियारभित्रै अख्तियारको दुरुपयोग


१२ माघ २०७४, शुक्रबार
deep basnet and shakar khatri akhtiyar

काठमाडौं, १२ माघ : लोकमानसिंह कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गरी समानान्तर सत्ता संचालन गर्न थालेपछि उनी अदालतबाट पदमुक्त भएका थिए । उनीपछि प्रमुख आयुक्त भएका दीप बस्न्यातले पनि अख्तियारलाई दुरुपयोग गर्दै आएका छन् । सरकारका हरेक अंग (न्यायालय र सेनाबाहेक)मा हुने भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्ने र सुशासन प्रत्याभूति गर्ने जिम्मेवारी पाएको अख्तियारका प्रमुख आयुक्त बस्न्यातले आयोगमा आर्थिक रूपमा बदनाम पृष्ठभूमिका कर्मचारीलाई निजी सचिव र मुख्य महाशाखा प्रमुखको जिम्मेवारी दिएका छन् ।deep basnet and shakar khatri

जसरी लोकमानले डीएसपी दानबहादुर थापा, तत्कालीन सहसचिव बेगेन्द्रराज शर्मा पौडेल, अवकाशप्राप्त एसएसपी गोबद्र्धन श्रेष्ठको कोटरीलाई सर्वा्धिकार दिएका थिए, बस्नेतले पनि त्यस्तै एक कोटरी बनाएका छन् । त्यही कोटरीका कर्मचारीमार्फत् ठुला ठुला भ्रष्टाचारका उजुरीमा डिल गर्दैआएका छन् ।

प्रमुख आयुक्त बस्न्यातले धेरै बजेट भएका महत्त्वपूर्ण मन्त्रालयको उजुरी छानबिन गर्ने १ नम्बर महाशाखा प्रमुखको जिम्मेवारी आफैँ लिएका छन् । १ नम्बर महाशाखाले अर्थमन्त्रालय, गृह, सूचना तथा संचार, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा मन्त्रालय हेर्ने गर्दछ ।
प्रमुख आयुक्त बस्न्यातले त्यो महाशाखाले हेर्ने मन्त्रालयका उजुरी छानबिन र ठुला भ्रष्टाचारका काण्डमा आर्थिक डिल गर्नका लागि सहन्यायाधीवक्ता शंकर खत्रीलाई परिचालन गरेका छन् । खत्रीको काम नै उजुरीमा डिल गर्ने रहँदै आएको छ ।

प्रमुख आयुक्त बस्न्यातले त्यो महाशाखाले हेर्ने मन्त्रालयका उजुरी छानबिन र ठुला भ्रष्टाचारका काण्डमा आर्थिक डिल गर्नका लागि सहन्यायाधीवक्ता शंकर खत्रीलाई परिचालन गरेका छन् । खत्रीको काम नै उजुरीमा डिल गर्ने रहँदै आएको छ ।

प्रमुख आयुक्त बस्न्यात र सहन्यायाधीवक्ता दुवैको घर उदयपुर हो । प्रमुख आयुक्त दीप बस्न्यातले सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक खरिद नियमावलीका केही दफा संशोधन गरी धरान–चतरा–हेटौंडा, गल्छी–स्याफ्रुबेसी, बेलहिया–भैरहवा व्यापारिक मार्ग, बिराटनगर–धरान सडकदेखि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड लगायत ८४ अर्ब रुपैयाँको ठेक्का ६ वटा ठेकेदारलाई मात्र दिइएको छ ।

६ वटा ठेकेदारले मात्र टेन्डरमा भाग लिन पाउनेगरी सार्वजनिक खरिद नियमावलीका दफा संशोधन गर्ने र प्रतिस्पर्धा हुन नदिई बीसौं अरब रुपैयाँ नीतिगत भ्रष्टाचार गर्नेलाई अख्तियारले केही गर्नसकेको छैन । अख्तियारका प्रमुख बस्न्यातलाई सहन्यायाधीवक्ता खत्रीमार्फत् ६ वटा ठुला ठेकेदारले ठुलो सहयोग गरेपछि ८४ अर्ब रुपैयाँको नीतिगत भ्रष्टाचारमा छानबिन नै भएको छैन ।

deep basnet
दीप बस्न्यात, प्रमुख अायुक्त अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग ।

सडकका ठुला आयोजनामा अहिले ६ वटा ठेकेदारबाहेक अरूले भाग लिनै नपाउनेगरी सार्वजनिक खरिद नियमावलीमा संशोधन गरिएको छ । ५ हजार रुपैयाँ घुस खाएको आरोपमा यातायात, वैदेशिक रोजगार विभाग लगायत कार्यालयका खरिदार नायबसुब्बा पक्राउ गर्ने अख्तियारले ८४ अर्बको ठेक्कामा भएको २० अर्ब नीतिगत भ्रष्टाचार हुँदा पनि चासो दिएको छैन । यी ठेक्काहरूमा ७.५ प्रतिशत अग्रिम कमिसन आरजु देउवा, भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की, महानिर्देशक गोपालप्रसाद सिग्देलदेखि अख्तियारका प्रमुख बस्न्यातसम्म पुगेकाले सिन्डिकेट लगाउँदा पनि छानबिन नै हुनसकेको छैन ।

निर्माण ब्यवसायीहरुलाई प्रतिस्पर्धाबाट बन्चित गर्ने गरी यस्तो राष्ट्रघात गर्दा पनि दीप बस्न्यातले ठुलो आर्थिक लाभ लिएर छानबिन नगर्दा देशले २० अर्ब नोक्सान ब्यहोर्नुपरेको छ । यदि स्वच्छ प्रतिस्पर्धा गराएको भए ८४ अर्बको ठेक्का ६० अर्बमा लाग्न सक्थ्यो । र, देशलाई २० अर्ब फाइदा हुने थियो ।
८४ अर्बको ठेक्का ६ वटा ठेकेदारले विनाप्रतिस्पर्धा पाइसकेका छन् भने आयोजना निर्देशनालय(एडीबी)बाट दसौँ अरबको ठेक्का सेटिङमा दिने तयारी भइरहेको छ । एडीबीका आयोजना प्रमुख केशव शर्माले सकिसकेको टेन्डर प्रक्रिया उनलाई सरुवा गरी सरोज प्रधानलाई लगेर रद्द गरेर अर्को टेन्डर गर्न लागिकएको छ ।

याे पनि पढ्नुहाेस्

अख्तियार प्रमुख आयुक्तका पिए नै अर्बपति 

अर्यालले अख्तियार प्रमुखका सहयोगीलाई किन भेटे ?

रसुवा भन्सारमा बढ्यो तस्करी

 

सडक विभाग एक दृष्टान्त हो, सहन्यायाधीवक्ता खत्रीमार्फत् प्रमुख आयुक्त बस्न्यातले १ नम्बर महाशाखालाई सुनको अण्डा दिने कखुरी बनाएका छन् । सूचना तथा संचार मन्त्रालय अन्तर्गतको एनसेलको लाभकर असुलीको कुरामा होस् कि दूरसंचार प्राधिकरणको टावरको ठेक्का दिने दीपक मल्होत्रा संलग्न कम्पनीलाई दिने क्रममा करोडौंको आर्थिक लेनदेन सहन्यायाधीवक्ता शंकर खत्री, बस्न्यातका छोरा कमल बस्नेत, दलाल दीपक तिम्सिनाले गरेका छन् ।

दूरसंचार संस्थान(टेलिकम)को फोरजी सेवाको बारेमा परेको उजुरीमा पनि आर्थिक चलखेल भएको आरोप छ ।
गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टेण्डरदेखि सरुवा बढुवामा पनि अख्तियारबाट लोकमानकै पालामा जस्तो दबाब दिने गरेको गुनासो छ । ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागमा जलविद्युत प्रबद्र्धकहरुलाई लाइसेन्स दिनेदेखि म्यादथपमा समेत खत्रीमार्फत् महानिर्देशक नवीनराज सिंहलाई दबाब दिने गरिएको छ ।

१ नम्बर महाशाखाले हेर्दैआएका मन्त्रालयका सहसचिवदेखि सचिवले बस्न्यातले भने अनुसारको नगरे १३ पन्ने भराउने भनेर आतंकित पार्ने गरेका छन् । जसरी लोकमानसिंह कार्कीले १३ पन्नेको त्रास देखाएर निर्दोष कर्मचारीलाईसमेत दुःख दिने गरेका थिए, त्यही शैली दीप बस्न्यातले अवलम्बन गरेका छन् । आगामी २०७४ फागुन पहिलो साता ६३ बर्से उमेरका कारण बिदा हुन लागेका प्रमुख आयुक्त बस्न्यातले खत्री मार्फत् ठुला भ्रष्टाचारका केसमा आर्थिक डिल गर्ने र ठुला आयोजनामा नियुक्ति गर्न दबाब दिने गरेको खुलेको छ ।

लोकमानसिंह कार्कीले १३ पन्नेको त्रास देखाएर निर्दोष कर्मचारीलाईसमेत दुःख दिने गरेका थिए, त्यही शैली दीप बस्न्यातले अवलम्बन गरेका छन् । आगामी २०७४ फागुन पहिलो साता ६३ बर्से उमेरका कारण बिदा हुन लागेका प्रमुख आयुक्त बस्न्यातले खत्री मार्फत् ठुला भ्रष्टाचारका केसमा आर्थिक डिल गर्ने र ठुला आयोजनामा नियुक्ति गर्न दबाब दिने गरेको खुलेको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत प्रमुख आयुक्त बस्नेतले भाइ नरेन्द्रराज बस्नेतलाई अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा राजनीतिक नियुक्ति गराएका छन् । नियुक्ति नगरे मन्त्रालयका सचिवलाई १३ पन्ने भराएर दुःख दिने धम्की दिएर बस्नेतलाई समितिको कार्यकारी अध्यक्षमा नियुक्ति गराउन सफल भएका प्रमुख आयुक्त बस्न्यातले अर्थमन्त्रालयलाई दबाब दिएर २ अर्ब बजेट थप गर्न अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख केवल भण्डारीलाई चर्को दबाब दिएका थिए । तर समितिको बजेट तारजाली लगाएकोदेखि बागमती सफाइ गरेको भनेर ८० प्रतिशत भ्रष्टाचार हुने गरेकाले अर्थमन्त्रालयका सचिव र सहसचिवहरुकै सल्लाहमा थप २ अर्ब दिने निर्णय गर्न सहसचिव भण्डारीले सकेनन् ।

shakar khatri
शंकर खत्री, सहन्यायाधीवक्ता ।

वागमती सभ्यतामा बजेट थप नगरेपछि प्रमुख आयुक्त बस्न्यातले अर्थमन्त्रालयको बजेट महाशाखा प्रमुख भण्डारीलाई १३ पन्ने भर्न लगाएका छन् । प्रमुख आयुक्त बस्न्यातले निजी सचिवमा राखेका अधिकृत लक्ष्मण बाँस्तोलाको काम नै उनको नाममा सरुवादेखि भन्सारछली गरी सामान आयात हुँदै आएको छ ।

२ वर्षदेखि रसुवा भन्सार कार्यालयमा दरबन्दी राखेर अख्तियारमा प्रमुख आयुक्तको पिएका रूपमा कार्यरत उनले अर्थमन्त्रालयबाट आकर्षक भन्सारमा घुस लिँदै कर्मचारी सरुवा गर्ने रहँदैआएको समाचार नयाँपेजले यसअघि नै उजागर गरिसकेको छ । बाँस्तोलाले ब्ल्याक डाइमण्ड इन्टरप्राइजेज नामक कम्पनी खोलेर रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात गर्दैआएका छन् । उनले जिनको कपडा ल्याए कटनको भनेर भन्सार छली गर्दै सामान ल्याउने गरेका छन् ।

विगतमा झापा मालपोतदेखि राजस्व अनुसन्धान विभागसम्म बस्दा प्रमुख आयुक्त बस्न्यातको छवि अति नै दागी रहे पनि सुशील कोइराला सरकारका मन्त्री सुनिल थापादेखि डा. रामशरण महत र अरू राजनीतिक नेताहरूलाई प्रभावमा पारी नियुक्त भएका थिए । उनलाई अख्तियार जस्तो स्वच्छ संस्थाको आयुक्त नियुक्ति गर्दा नै विरोध भएको थियो । धतुरो रोपेर सुन्तला फल्दैन भन्ने उखान बस्न्यातका क्रियाकलापले पुष्टि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७