टानले संयूक्त रुपमा ल्होसार मनाउने तयारी


१३ माघ २०७४, शनिबार
losar

काठमाडाैं: माघ २८ मा काठमाण्डौको हायत होटलमा तमु ,ग्याल्बो र सोनाम ल्होसारलाई संयुक्त रुपमा मनाउने तयारी गरेको छ ।losar

टे«किङ्ग एजेन्सि एशोसिएशन अफ नेपाल (टान) ले सो संयूक्त ल्होसार कार्यक्रम अगाडीदेखि मनाउँदै आइरहेको हो ।
टान संयूक्त ल्होसार एक संयूक्त कार्यक्रम हो जसमा विभिन्न जातजाती जस्ता तामाङ , गुरुङ , शेर्पा, होल्मो लगायत आदि जातजातिहरुको विशेष चाड नँया वर्ष को रुपमा भव्यताका साथ मनाउन  तयारी गरिहेको मिडिया तथा कम्युनिकेशन विभागका संयोजक गोपाल श्रेष्ठले बताए ।
यी जातजातीहरुले आफ्नो नँया वर्ष विभिन्न समयमा मनाउने भएतापनि, टानले हरेक वर्ष संयूक्त कार्यक्रम गरी नेपाली कला संस्कृति र मौलिक चाडलाई जोगाइ राख्ने उद्देश्यका साथ पहिले नै देखि प्रत्येक वर्ष नेपाली पर्यटक क्षेत्रलाई समेटेर कार्यक्रम आयोजना गर्दै आइरहेको छ । यहि माघ २८ गते मनाउन लागेको यस चाडमा नेपाली कला संस्कृतीमा तामाङ, गुरूङ, ह्योल्मो र शेर्पा जातिको संस्कृति, भेषभूषा, परम्परा झल्कने खानपान, पेय पदार्थ, नृत्य, संगीतसहित बेजोड प्रस्तुतीहरू हुने बताए ।
टानको वार्षिक कार्यक्रम र स्थापना कालदेखिको नेपालमा बसोबास गर्दै आइरहेका विभिन्न जातजातीहरूको परम्परा र संस्कृतिलाई समग्र देशको निधिको रूपमा संरक्षण र प्रवर्दन गर्ने उद्देश्य अनुरूप शेर्पा, तामाङ, गुरूङ, ह्योल्मो लगायत आरु अन्य जातजातीहरुको संयुक्त कार्यक्रम आयोजना गर्ने साथै राष्ट्रिय कलाकारहरुको उपस्थिति पनि रहने (टान)ले बताए । टानले यस्ता पर्वहरूलाई संस्कृति र पर्वको संरक्षण गर्दै एउटा छुट्टै आकर्षक पर्यटकीय उपजको रूपमा प्रवर्दन गर्न यस्ता खालका कार्यक्रमहरु को आयोजनालाई निरन्तरता दिँदै आएको छ ।
ल्होसार बिशेष गरी बुद्द धर्ममार्गी शेर्पा, गुरूङ, तामाङ, ह्योल्मो र अन्य जातिले मनाउने पर्व हो । मङगोलमूलका जातिहरूले धुमधामका साथ मनाउने यो पर्वले नेपालमा संस्कृति र पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्याएको पाइन्छ । ऐतिहासिक पक्षलाई हेर्दा तिब्बतबाट भित्रिएको यो पर्व विभिन्न समुदायले विभिन्न समयमा मनाउने गरेका छन् ।
उक्त इभेन्टको संयोजक ऋतु ग्याम्दान हुन् भने सहसंयोजन रञ्जनराज भण्डारीले गर्ने र सदस्यहरूमा बाबुराम गुरुङ, सुकबहादुर तामाङ, पिके शेर्पा, गोपाल श्रेष्ठ ,जीबन ह्योल्मो,सुर्य बहादुर भेटवाल, पासाङ शेर्पा (छेल्हमु) र डोल्मा छिरिङ तामाङ शेर्पा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७