पोर्नस्टारसँगको सम्बन्धले ट्रम्पलाई बुढेसकालमा छोडिन् श्रीमतिले !


१४ माघ २०७४, आईतवार
trump 2

पोर्न स्टारसँगको सम्बन्ध खुलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पारिवारिक रूपमा एक्लिएका छन् । अमेरिकी पोर्न स्टार स्ट्रोमी डानियलसँग अनैतिक सम्बन्ध रहेको आरोपपछि ट्रम्पलाई उनकी श्रीमती मेलानिया ट्रम्पले बुढेसकालमा छोडेर हिंडेकी हुन् । trump 2

७१ वर्षका ट्रम्पको अमेरिकी पोर्नस्टार स्ट्रोमी डानियलसँग लसपस रहेको गत साता खुलासा भएको थियो । जनवरी १२ मा उक्त कुराको खुलासा भएपछि पत्नी मेलानियाले श्रीमान ट्रम्प र ह्वाइटहाउस छाडेको समाचारमा जनाइएको छ । लामो समयदेखि स्ट्रोमी डानियलसँग चल्दै आएको विवाहभन्दा बाहिरको सम्बन्धले उनलाई उक्त कदम लिन बाध्य बनाएको अमेरिकी समाचार एजेन्सीहरूले जनाएका छन् । उनी अहिले डीसी होटलमा बसेको ह्वाइटहाउस स्रोतले बताएको छ । संसारकै शक्तिशाली दम्पत्तिको जीवनमा यो कमजोरीले मसलेदार समाचार बनेको छ । t

यसअघि पनि ट्रम्प र उनकी पत्नी मेलानियाबीच राम्रो सम्बन्ध नरहेको बताइएको छ । ट्रम्पको स्वीट्जरल्याण्डस्थित डाभोसको भ्रमणका क्रममा पत्नी मेलानिया उपस्थित थिइनन् । जब कि भ्रमणका क्रममा मेलानिया पनि हुने पक्का–पक्की भएको थियो । अन्तिम क्षणमा विशेष कारण देखाएर उनी नगएको जनाइएको छ । मेलायियाकी इष्टविङ कम्युनिकेशन डाइरेक्टर स्टेफनी ग्रीष्मले सीएनएनलाई मिसेस ट्रम्पको व्यस्तताले उनको डाभोसको भ्रमण रोकिएको जानकारी दिएकी थिइन् । तर, उनको त्यस्तो कुनै महत्वपूर्ण काम नरहेको सूचना बाहिरिएको थियो । स्टेफनी ग्रीष्मले ट्वीटरमा भने मेलानिया डीसी होटलमा बसेको कुरा सत्य नभएको लेखेकी छन् ।  एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७