नेपालको उर्जा क्षेत्रमा लगानी भित्र्याउने प्रतिवद्धता


१४ माघ २०७४, आईतवार
electricity

काठमाडौं: भारत, बंगलादेश र जर्मनले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानी भित्र्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंमा जारी ‘नेपाल पावर इन्भेष्टमेन्ट समिट २०१८’ मा सहभागी भारत, बंगलादेश र जर्मनका विज्ञहरुले नेपालको उर्जा क्षेत्रमा आवश्यक लगानी भित्र्याउन सकिने धारणा राखेका हुन् ।electricity

१० वर्षमा ४० हजार मेघावाट विद्युत उत्पादन गर्ने मुख्य नारासहित आयोजना गरिएको सम्मेलनमा विज्ञहरुले लगानी मैत्री वातावरण बने नेपाल जलविद्युत क्षेत्रकै विकासबाट समृद्ध हुनेस्पष्ट पारेका छन्। उनीहरुले जलविद्युत क्षेत्रबाट समृद्धि बन्ने नेपालको महत्वकांक्षी योजना साकार पार्न नीतिगत र संरचनागत सुधारमा ध्यान दिनुपर्नेतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन्।

नेपालको उर्जा क्षेत्रमा लगानी गर्न चीन र जापानले पनि चासो लिँदै आएको छ। शनिशारबाट सुरु भएको सम्मेलन ३ दिनसम्म चल्नेछ। सम्मेलनमा भारत, चीन, जर्मन, अमेरिका लगायतका ५५ देशका विज्ञहरु सहभागी भएका छन्।

नेपालले उर्जा क्षेत्रको विकासका लागि आवश्यक लगानी भित्र्याउन अन्तराष्ट्रिय क्षेत्रमा केही वर्षयता पहल गर्दै आएको छ। सम्मलेनको उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले उर्जा क्षेत्रको विकासका लागि नेपाल सरकारले आवश्यक सबैखाले वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७