नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकाे अध्यक्षमा मानबहादुर राना निर्वाचित


Author
१५ माघ २०७४, सोमबार
27484969 10213824797565397 1952448689 o 2
नयाँ नेतृत्वलाई सपथ ग्रहण गराउँदै प्रमुख निर्वाचन आयुक्त भरत लामा ।

नयाँपेज संवाददाता
न्यू योर्क,१५ माघ : नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्नाका पूर्व महासचिव रहेका मगर ४० मतले निर्वाचित भएका हुन् । उनका प्रति प्रतिद्वन्द्वी मणि बाङ्देलले भने २२ मत पाएका थिए । मगरले निर्वाचनमा रार्इलाई १८ मतले पछि पारे ।

man 1
मानबहादुर राना मगर

फिप्नामा १४ वटा जातिय संस्था सदस्य छ । न्यू ह्यामशायरमा फिप्नाको च्याप्टर छ । अधिवेशनमा जातीय संस्था र च्याप्टरका ६८ प्रतिनीधिको नाम दर्ता छ । निर्वाचनका परिणाम घोषणा भएपछि बाँङ्दलले नव निर्वाचित अध्यक्ष मगरलाई खादा ओढाएर कार्यकालको सफलताको शुभकामना दिए । उनी दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहिसकेका छन्

‘सबै मिलेर अघि बढ्नुपर्छ’
नवनिर्वाचित मगरले फिप्नाको उदेश्य प्राप्तिका लागि सबैलाई मिलाएर लाने बताए । उनले सहमति र सहकार्यका लागि जे पनि गर्न तत्पर रहेको उल्लेख गरे । ‘सहकार्य गरेर अघि बढेनौं र हामी सँगै एक जुट हुन सकेनौं भने कार्यसमितिले मात्र केही गर्न सक्दैन,’ उनले भने ।
सहमति नभएपछि फिप्नामा अध्यक्ष र महासचिव पदको निर्वाचन भएको हो । महासचिवमा प्रेम गुरुङ प्रतिद्वन्द्वी विनिता तामाङलाई १८ मतले पछि पार्दै विजयी भए । गुरुङले ४० मत पाएका थिए भने तामाङले २२ मत पाएकी थिइन् ।

फिप्नाको वरिष्ठ उपाध्यक्षमा राजकुमार बिस्ट, उपाध्यक्षमा निमा ल्हमो, कोषाध्यक्षमा विजयमान सिंह, सचिवमा गोवा शेर्पा र सदस्यमा जयवीर गुरुङ र फुर्पा लामा निर्विरोध निर्वाचित भए । नयाँ कार्य समितिलाई प्रमुख निर्वाचन आयुक्त भरत लामाले सपथ ग्रहण गराए ।

fipna naya 1
नयाँ नेतृत्व सपथ ग्रहण गर्दै ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७