तोक आदेशको भरमा सिंचाइमन्त्रीकी छोरीलाई जागिर !


१६ माघ २०७४, मंगलवार
sanjay Gautam 1 5dJWeRRXLI
????????????????????????????????????

काठमाण्डौ, १६ माघ : नेपाल रेडक्रस सोसाइटी कर्मचारी संघका अध्यक्षको ठाडो आदेशमा सिंचाइमन्त्रीकी छोरीलार्य रेडक्रसको जागिर खुवाइएको खुलासा भएको छ ।

sanjay Gautam 1 5dJWeRRXLI
नेपाल रेडक्रस सोसाइटीमा कर्मचारी संघको ज्ञापन–पत्रलाई वेवास्ता गर्दै पदाधिकारीले ठाडो आदेशमा धमाधम नयाँ कर्मचारी भर्ना गरिरहेका छन् । नेपाल रेडक्रस कर्मचारी संघले पुष २५ मा सोसाइटीका अध्यक्ष सञ्जीव थापालाई वुझाएको ज्ञापन पत्रको पहिलो वुँदामा विभाग वा महाशाखाबाट व्यक्ति तोकी ठाडो टिप्पणीमार्फत जनशक्ति नियुक्ति गर्ने अभ्यास तत्काल बन्द गर्न माग गरिएको छ । तर, कर्मचारी संघले ज्ञापनपत्र वुझाएको केहि दिनमै अध्यक्षको ठाडो आदेशमा सिंचाइमन्त्री सञ्जय गौतमकी छोरीलाई अधिकृत तहमा नियुक्ति दिइएको छ । 

मन्त्रीको गौतमको छोरीलाई करारमा नियुक्ति गरे लगत्तै प्रकोप व्यवस्थापन लगायतका विभागमा अन्य सात जनालाई पनि नियुक्ति गरिएको छ ।

समाचार स्रोतका अनुसार नयाँ कर्मचारीहरुलाई विज्ञापन नखुलाई तोक आदेशमा भर्ना गरिएको छ । नेपाल रेडक्रसमा करारमा नियुक्ति गरिएको कर्मचारीलाई कर्मचारी नियमावलीमा रहेको करार सेवा लिन सकिने आशय विपरित हुने गरि एउटै व्यक्तिलाई वर्षौसम्म नियुक्त गरिरहेको कर्मचारी संघको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर करार र अस्थायी कर्मचारीहरुलाई संचय कोष र उपदान सुविधावाट वञ्चित गराइएको छ । ‘सञ्चित रकम कर्मचारीलाई उपलब्ध नगराई पदाधिकारीहरुको हालीमुहाली गरिरहेका छन्’ स्रोतले भन्यो ।

केन्द्रिय रक्तसञ्चार केन्द्रमा सोसाइटीले संवेदनशिलता नअपनाएकोप्रति कर्मचारी संघले आपत्ति जनाएको छ । निर्धारित मापदण्ड पूरा गरी विधिपूर्वक नियुक्ति भएका कर्मचारीलाई मात्रै नियुक्त गर्न सुझाएको छ । नेपाल रेडक्रसमा सामुहिक भावनाको अभाव रहेको संघले ठहर गरेको छ । नेपाली कांग्रेस नेता विमलेन्द्र निधी निकट रहेका सोसाइटीका सभापति थापाले कांग्रेस कार्यकर्ता आफुखुशी भर्ना गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७