हतारिएर हानेको ‘रिप’ ले सशस्त्रका जवानलाई पर्‍यो फसाद


१७ माघ २०७४, बुधबार
rip

गोरखा, १७ माघ : सामाजिक सञ्जाल फेसबुकमा कसैको फोटो देख्ने बितिकै लाइक गर्ने वा कुरा नै नबुझी कमेन्ट लेख्ने गर्नु भएको छ ? होस् गर्नुस् । नबुझी र नसोची गरेको एउटा सानो गल्तीले कतिसम्मको समस्या उत्पन्न गराउन सक्छ भन्ने कुराको उदाहरण गोरखाका एक सशस्त्र प्रहरी जवान बनेका छन् ।rip

गोरखा घर भएका सशस्त्र प्रहरीका एक जवानले सामाजिक सञ्जाल फेसबुकमा भीमसेन गाउँपालिकाका प्रमुख ईश्वर पाण्डेको फोटोमा ‘रिप’ (श्रद्धाञ्जली) लेखेपछि पाण्डेले आपत्ति जनाएका छन् । केही दिनअघि बगुवाका शंकर श्रेष्ठले आफ्नो फेसबुकको भित्तामा ईश्वर पाण्डेको फोटो राखी गाउँपालिकाको केन्द्र सार्ने निर्णयप्रति आपत्ति जनाउँदै राखेको स्टाटसमा सशस्त्र प्रहरीमा कार्यरत निरेश बराम (ठाकुर) ले ‘रिप’ लेखेर कमेन्ट गरेको भन्दै पाण्डेले आपत्ति जनाएका हुन् ।

‘हामीले नियम विपरीत काम गरेको पाएको भए मलाई भन्दा हुन्थ्यो’–पाण्डेले भने ‘चित्त नबुझे, असन्तुष्टि भए मसँग कुरा गर्नुपथ्र्यो । गाउँपालिकाले नियम विपरीत गरेकै छैन । मान्छेलाई सामाजिक सञ्जालमा ‘रिप’ लेख्नु मलाई ठीक लागेन । नेपाल सरकारको जिम्मेवार सुरक्षा निकायमा रहेको मान्छेले यस्तो मनलाग्दी लेख्ने ?’
उनले नेपाल सरकारको सम्बन्धित निकायमा कार्बाहीको माग गर्दै उजुरी दिने बताएका छन् । अरूलाई सुरक्षासहित न्याय दिलाउन खटिएका राज्यका कर्मचारीबाटै आफूलाई जोडेर सामाजिक सञ्जालमा अभद्र व्यवहार हुनु दुःखद भएको भन्दै कानुनी दायरामा ल्याई कार्बाही गर्न पनि उनले माग गरेका छन् ।

जिल्लाको भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय मन्त्रिपरिषदबाटै पारितसमेत भइसकेको छ । बराम गोर्खा भीमसेन गाउँपालिका घर भई हाल कपिलवस्तुको विन्दावासिनी गण चनरौटामा कार्यरत रहेको स्रोतको दाबी छ । बरामले चलाउँदै आएको फेसबुकबाट कमेण्ट बक्समा ‘रिप’ लेखेर ३ माघ बुधबार पोस्ट गरेको पाण्डेले बताएका छन् । यसअघि, पनि बरामले विभिन्न नकरात्मक क्रियाकलाप गरेर कार्बाही भोगिसकेका छन् । बरामले गत दशैंका अवसरमा बगुवा सेवा समाजले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा टेबल कुर्सी तोडफोड र वडा कार्यालयमा समेत ढुङ्गामुढा गरेका कारण कार्बाहीमा परेका थिए । तोडफोडपछि केही दिन फरार रहेका बरामलाई घ्याम्पेशाल प्रहरी चौकीले पक्राउ गरी क्षतिपूर्ति तिराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७