नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य: प्रधानमन्त्री


१८ माघ २०७४, बिहीबार
deupa 1
k|wfgdGqL b]pjf ;’/Iff uf]i7Ldf g]kfnL sfFu|];sf ;efklt tyf k|wfgdGqL z]/axfb’/ b]pjf a’waf/ s}nfnLsf] nDsLdf cfof]lht k|b]z If]q g+ & :t/Lo ;’/Iff uf]i7Lsf] pb3f6g ;df/f]xnfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताएका छन् । नेपाल पर्यटन व्यवसायी संघको बृहत् भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतमबुद्धको जन्मस्थल तथा भौगोलिक विविधतायुक्त नेपाल विश्व पर्यटनका लागि आकर्षक गन्तव्य भएको बताएको हो ।

deupa 1

“नेपाल विश्वकै रमणीय र सुन्दर देश हो, मैले यति सुन्दर देश कहीँ पनि देखेको छैन, यस्तो सुन्दर देशमा पर्यटकको आकर्षण बढ्ने कुरा स्वभाविक हो,” प्रधानमन्त्री देउवाले भने – “पर्यटक नेपाल आउन चाहन्छन् र आइरहेका पनि छन् तर अझै पर्यटकलाई दिनुपर्ने सुविधा अपुग छ, खर्चालु पर्यटकका लागि राम्रो बास र सुविधा दिनसके अझै पर्यटक बढ्छन् ।”

उहाँले नेपाल जस्तो सुन्दर देशमा जतिसक्दो बढी पर्यटकलाई आकर्षण गर्नसके त्यति नै विदेशी मुद्रा भित्रिने बताउँदैै पर्यटकको स्वागत, सत्कार र गुणस्तरीय सेवालाई व्यवसायीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७