सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए


५ भाद्र २०७४, सोमबार
city hospital

city hospital

काठमाडौ : काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि सम्पन्न हस्पिटलको साधारण सभाले करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री गरेपनि उक्त रकम नतिरेर उल्टै हस्पिटल बन्द गराएका हुन ।

तत्कालिन अध्यक्ष केदारप्रसाद प्रजापतिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि आठ करोड रुपैयाँमा बैंक, फाइनान्स र सहकारीको ऋण तिर्ने सम्झौता अनुसार माथेमा र बुर्लाकोटीलाई सेयर बिक्री गरेपनि उक्त सम्झौता अनुसार काम नगरेको आरोप लगाए ।

बीचमा पटक–पटक यस विषयमा सम्पर्क गर्दा माथेमा र बुर्लाकोटीले बैंक तथा फाइनान्सको व्याज तिरेको बताउने गरेपनि पछिल्लो समय हस्पिटल नै बन्द गरेर आफुहरुले हस्पिटल बेचिसकेको कारण यस विषयमा केही थाहा नभएको भन्ने गरेको जानकारी दिए ।

सेयर खरिदकर्ता माथेमा र बुर्लाकोटीले सम्झौता अनुसार कुनैपनि बैंक, फाईनान्स र सहकारीको केहीमात्र व्याज तिरेपनि साँवा भने कुनैपनि नतिरेको प्रजापतिद्धारा जारी विज्ञप्तीमा भनिएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘सम्झौता गरेका व्यक्ति स्वयमले सम्झौताको विषयमा थाहा छैन भन्ने, अर्कोतर्फ हस्पिटल पनि बेचिएको भन्दै सम्पर्कमै आउन नचाहेपछि हामी सम्पूर्ण लगानीकर्ता अन्यायमा परेका छौं, यतिमात्रै होईन हाम्रो करोडौं लगानी कसरी उठाउने भन्ने द्धिविधा थपिएको छ।

अझ केही दिन अघि म कलंकी क्षेत्रमा हिडिरहदा माक्स लगाएक एक व्यक्तिले बोलाएर हस्पिटल आफुहरुले किनिसकेको कारण कुनै लफडाबाजी गरे ठिक नहुने चेतावनी दिएको प्रजापतिले बताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७