फागुनमा पाथिभरा महोत्सव, ५ हजार दुत बनाउने योगेशको घोषणा


२२ माघ २०७४, सोमबार
Yogesh Bhattarai

काठमाडौं, २२ माघ : नपालको सबैभन्दा उचाईमा रहेको पाथिभरा मन्दीर परिसरमा फागुनमा पाथिभरा महोत्सव हुने भएको छ ।

सोमबार नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा नेकपा (एमाले)का सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले महोत्वसको जानकारी दिदै ५ हजार पाथिभरा दुत बनाउने घोषणा गरे । पाथिभराको प्रचार प्रसार र प्रर्बद्धनका लागि दुत बनाउने उनको भनाई छ । पत्रकार सम्मेलनमा फागुन एक, दुई र तीन गते त्रिदिवशिय पाथिभरा पर्यटन महोत्सव हुने जानकारी दिइयो ।

Yogesh Bhattarai

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाको श्रीनयां रणभीम गूल्म मुख्यआयोजक र जिल्ला समन्वय समिति ताप्लेजुङ, ताप्लेजुङ उद्योग वाणिज्य संघ, ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं र फुङलिङ नगरपालिका ताप्लेजुङ सह–आयोजकको रुपमा रहेने जनाइएको छ।

महोत्सवको क्रममा स्थानीय उत्पादनको प्रदर्शनी,  हिमालयन गाइड्स पाथीभरा म्याराथन,  विविध सांस्कृतिक झाँकीहरू,  खेलकूद कार्यक्रम,  चर्चित राष्ट्रिय कलाकारहरूका साथमा विविध सांस्कृतिक कार्यक्रम, खानपानका परिकारहरू र ताप्लेजुङे सत्कार हुने पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्बर्दन समितिले जनाएको छ।

नेपालको सूदुर पूर्वी क्षेत्र ताप्लेजुङमा पाथीभरा देश तथा विदेशमा समेत आकर्षण बन्ने गरेको छ। पाथीभरा मन्दिरमा देसका सबै जिल्लाहरुबाट र दक्षिण एसिया तथा विश्वका विभिन्न मुलुकका नागरिकको समेत आकर्षण हुने गरेका छन्।

पछिल्लो समयमा मध्य तथा पश्चिम नेपालका श्रद्धालुहरुको संख्या पनि बढ्न थालेको छ पाथिभरा क्षेत्र पाथिभरा मन्दिरको साथै विभिन्न पशुपञ्छी, हिमाली दृस्य, हिमाली जडिबुटीहरु, बनस्पतीहरु पनि यस मन्दिर क्षेत्रको आकर्षण हुने गरेको छ ।

मुनाल, डाँफे, चिर कालिज, हरियो लामपुच्छे, भोटे कागलगायत दूर्लभ पन्छीहरु पनि पाथीभरा क्षेत्रमा पाइन्छ। नेपालमा पाइने ३५ मध्ये २८ प्रजातिका लालिगुराँस र १०० भन्दा बढी प्रजातिका सुनाखरी पाथीभरा क्षेत्रमा पाइन्छ। पाथीभराबाट कन्चनजंघा, कुम्भकर्ण, काङ्बाचेन, मकालु, लोत्सेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ। सिहलिला पर्वश्रेणी यस क्षेत्रको अर्को मुख्य आकर्षण हो। पाथिभरा महोत्सवले समग्र ताप्लेजुङ जिल्लालाई समेट्ने आयोजहरुले जनाएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७