कवि दिपा राई पुनको एकल कविता वाचन


२३ माघ २०७४, मंगलवार
deepa rai pun 1

काठमाडौं, २२ माघ : कवि दिपा राई पुनको एकल कविता वाचन सम्पन्न भएको छ । मुलबाटो प्रतिष्ठानको आयोजनामा सोमबार भएकाे एकल कविता वाचनमा आफ्ना पन्ध्र वटा कविता वाचन गरेकी थिईन् ।

deepa rai pun 1
त्यसैगरी उनलाई कविहरु राजेन्द्र सुलभ, विमला तुम्खेवा, मणि लोहनी, नवीन प्यासी र स्पन्दन राजाले कविता वाचन गर्न सघाएका थिए । दिपाको जम्मा २५ वटा कविता वाचन भएको थियो ।

अमेरिकामा बस्दै आएकी दिपाको तीनवटा कविता संग्रह समेत प्रकाशित भईसकेको छ । उनको प्रकाशित कृतिहरु तिम्रो सपनाको म, स्पन्दनका रागहरु, छुटेको बागदाता रहेका छन् । कवि दिपाको आगामी फागुनमा गीति एल्बमको समेत विमोचन गर्ने तयारीमा रहेको बताएकी छिन् । हरेक वर्ष नेपाल आउँने गरेकी दिपा यो एकल कविता वाचनले थप उर्जा प्राप्त भएको बताईन् । भनिन् ‘यो कार्यक्रमले अब एक वर्ष सिर्जनात्मक हुनको लागि उर्जा थपिएको छ । ज्यादै खुशी छु ।’

कार्यक्रममा कवि दीपालाई मुलबाटो प्रतिष्ठानको तर्फबाट अध्यक्ष प्रगती राईले मायाको चिनो समेत हस्तान्तरण गरेकी थिइन् ।

त्यसै गरी मुलबाटो प्रतिष्ठानले फागुन महिनामा पर्ने महिला श्रमिक दिवसलाई उत्सवको रुपमा महिनाभरी विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको प्रतिष्ठानकी प्रतिष्ठानकी अध्यक्ष प्रगती राईले जानकारी दिईन् । त्यही योजना अनुसार फागुन चार गते प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष साहित्यकार प्रगती राईको उपन्यास ‘विर्सिएको मृत्यु’ को विमोचनसँगै पुराना र नयाँ १० जना कविहरुले कविता वाचन गर्ने कार्यक्रम रहेको छ । निभा साह, चन्द्र रानाहँछा, अन्जना ईछमफुल, बिक्रम परियार, नमन राई लगायतका कविहरुले कविता वाचन गर्ने छन् ।

फागुन १२ गते नारी दिवसको शुभकामना आदनप्रदान कार्यक्रम र १९ गते छोरीमा वंशधिकार किन आवश्यक छ भन्ने विषयमा वहस कार्यक्रम खुलामन्चमा हुने अध्यक्ष राईले जानकारी दिएकी छिन् ।

त्यस्तैगरी प्रतिष्ठानले छोरीमा वंशधिकार हुनुपर्छ भनेर सर्वोच्चमा रिट दायर गर्ने समेत अध्यक्ष राईले जानकारी दिईन् । राजनीतिक पार्टी, धर्म, संस्कार लगायत विभिन्न कुराहरुले सबैलाई छुट्याईरहेको बेला सबैलाई एक ठाउँमा ल्याउने कार्यक्रमको प्रयास रहने अध्यक्ष राईले बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रका महिला तथा पुरुषहरुको सहभागी रहने उनले जानकारी दिईन् ।

deepa rai pun 4

deepa rai pun 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७