पूर्वआइजीपी अर्यालको उजुरी तामेलीमा


२३ माघ २०७४, मंगलवार
deep copy

काठमाडौंः २३ माघ । पदावधि सकिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ५ दिनपछि बिदा हुन लागेका प्रमुख आयुक्त दीप बस्नेतले आयभन्दा बढी सम्पत्ति आर्जन गर्नेहरुको उजुरी तामेलीमा राखेका छन् ।

deep copy 1६५ बर्षको उमेरका कारण २०७४ माघ २९ मा अख्तियारबाट अवकाश हुन लागेका प्रमुख आयुक्त बस्नेतले नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल र एआइजीपी बिजयलाल कायस्थको अकूत सम्पत्ति विरुद्धको उजुरी तामेलीमा राखेका छन् । अर्याल र कायस्थसहित अर्थमन्त्रालयको राजस्व समूहका १० भन्दा बढी उपसचिवहरुको अकूत सम्पत्ति छानबिनको उजुरी पनि तामेलीमा राखेका छन् ।

पूर्वआइजीपी अर्यालमाथि अख्तियारले मुद्दा मुद्दा चलाउने अन्तिम तयारी गरेको थियो । उनलाई १३ पन्ने भर्न लगाइसकेपछि मुद्दा दायर गर्ने अन्तिम तयारी अख्तियारले गरेको थियो ।

अख्तियारका उच्च अधिकारीहरु पूर्वआइजीपीमाथि मुद्दा दायर हुने कुरा अनौपचारिक रुपमा भनिरहेका थिए । तर पूर्वआइजीपी अर्यालले संचार क्षेत्रमा उपेन्द्र महतोका बीचौलियाका रुपमा चिनिएका दीपक तिम्सिना र प्रमुख आयुक्त बस्नेतका छोरा कमल बस्नेतलाई भेटेर डिल गरेपछि उनको मुद्दा माघ दोस्रो हप्ता तामेलीमा राखिएको छ । तामेलीमा राखेपछि विशेष अदालतमा मुद्दा दर्ता हुँदैन ।

पूर्वआइजीपी अर्यालले भक्तपुरदेखि सिन्धुलीको दुधौलीमा सयौं रोपनी जग्गा खरिद गरेको लगायतका धेरै उजुरीमा अख्तियारले छानबिन गरेको थियो । अनुसन्धानमा अर्यालले आयभन्दा धेरै बढी सम्पत्ति आर्जन गरेको फेलापरे पनि उनको उजुरी तामेलीमा राखिएको छ । उनले सिराहाको आँप बिक्री गरी सम्पत्ति आर्जन गरेको १३ पन्ने विवरणमा उल्लेख गरेपछि नेपाल प्रहरीमा उनलाई आँप ब्यापारीका रुपमा ब्यंग्य गर्न थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७