वामगठबन्धन सरकारले गोर्खाहरुको समस्या समाधान गर्छ : योगेश भट्टराई


२३ माघ २०७४, मंगलवार
Yogesh bhattarai 2

काठमाडौं २३ माघ : नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुुख योगेश भट्टराईले अब बन्ने वामगठबन्धन नेतृत्वको सरकारले गोर्खा सैनिकहरुको समस्या समधान गर्ने बताएका छन् । गोर्खा सैनिकहरुको समस्या देशको स्वभिमानसँग जोडिएको समस्या भएको उनको भनाई छ ।

Yogesh bhattarai 2

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का प्रतिनिधि मण्डलसँग कुरा गर्दै भट्टराईले गोर्खाहरुले चलाइरहेको आन्दोलनप्रति आफ्नो पनि ऐक्यबद्धता प्रकट गरे । उनले विद्यार्थी कालदेखी नै गोर्खाहरुको न्यायपूर्ण आन्दोलनमा सघाएको संस्मरण गर्दै अब कुटनीतिक रुपमा पहल गर्नका लागि पनि आफू लाग्ने बताए । उनले भने, ‘यो हजारौं नेपाली नागरिकसँग जोडिएको आन्दोलन र मुद्दा हो । हामी अन्यायमा परेका आफ्ना नागरिकहरुको पक्षमा गम्भिरताको साथ कुरा उठाउँछौं ।’

गेसोका सभापति कृष्णकुमार राईले पछिल्लो आन्दोलन र वार्ताको बारेमा जानकारी गराएका थिए । भेटमा उपसभापति मणिकिरात वान्तावा र एमालेका भूपू सैनिक इन्चार्ज हरि राई पनि सहभागी थिए ।

गोर्खाहरुको कार्यक्रममा सहभागी हुन बेलायत सरकारका ‘स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस’का मन्त्री लांककास्टर र बेलायती सेना प्रमुख निकोलस कार्टर नेपालको ५ दिने भ्रमणमा आउने भएका छन् । गोर्खाहरुको समस्याका बिषयमा जानकार मन्त्री लांकाकस्टर आउने भएपछि गोर्खाहरु पनि उत्साही भएका छन् । यही फेब्रुअरी ९ देखी १३ सम्मको लागि नेपाल भ्रमण तय भएको बेलायतस्थित राजदूताबास स्रोतले जनाएको छ । यही कारण गोर्खाहरुले भटघाटलाई तिव्र बनाएका हुन् ।

 

Yogesh
सचिव भट्टराईलाई वधाई दिदै गेसो सभापति र उपसभापति

औपचारिक रुपमा परेडको अवलोकन गर्न भनिएपनि मन्त्री र सेनाप्रमुखले आन्दोलन भूपू गोर्खाहरुको मुद्दाको बिषयमा पनि छलफल गर्नेछन् । कुटनीतिक भेटघाटको क्रममा उनीहरुले गोर्खा सैनिकहरुले उठाइरहेको मागका बिषयमा छलफल गर्नेछन् । आन्दोलनरत गोर्खा सैनिकहरुले उठाएका मुद्दाहरुको बिषयमा जानकार मन्त्री हुन् ।

२९ मार्च २०१७ मा गोर्खा, नेपाली राजदूताबास र बेलायत सरकारविच भएको त्रिपक्षीय वार्तामा उनी सहभागी थिए । उनले वार्तामा गोर्खाहरुको मागको बारेमा ध्यान पूर्वक सुनेका थिए । उनले भनेका थिए,‘म गोर्खाहरुको समस्या बारेमा गम्भिर छु, तपाईहरुको माग सम्बोधनको लागि पहल गर्छु ।’ करिब डेढ घन्टा बेलायती रक्षा मन्त्रालयमा उनले गोर्खाहरुको समस्या सुनेका थिए । पूर्व निर्धारित समयभन्दा बढी समय दिएर उनले गोर्खाहरुको समस्या सुनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७