शिक्षाको नाममा १६ विद्यालयको ठगी धन्दा


२४ माघ २०७४, बुधबार
16 school with Arju deuwaशिक्षाको नाममा १६ विद्यालयको ठगी धन्दा

काठमाडौं, २४ माघ : आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अभिभावकहरुसँग विभिन्न शीर्षकमा चर्को शुल्क लिने १६ वटा ठूला स्कुलमा अनुगमन गरेको छ । 16 school with Arju deuwaशिक्षाको नाममा १६ विद्यालयको ठगी धन्दा
अनुगमनका क्रममा स्कुलहरुले अभिभावकहरुसँग लिनै नपाइने शुल्क लिएका फेलापारेको छ । नियम विपरीत भर्ना शुल्कदेखि विभिन्न शुल्क लिएकाले विभागले ठगीमा कारबाही अगाडि बढाउने भएको छ ।

विभागले प्रधानमन्त्री पत्नी आरजु देउवाको युल्नेस स्कुल सातदोबाटोदेखि कनकमणि दीक्षितकी श्रीमती शान्ता दीक्षितले संचालन गरेको पाटनढोकाको रातोबंगला स्कुलसम्मको अनुगमन गरेको छ ।

बानेश्वरको पाठशाला एजुकेशन फाउन्डेसन, ललितपुर धापाखेलको जेम्स स्कुल, खुमलटारको प्रिमियर स्कुल, नयाँबानेश्वरको नोबेल एकेडेमीमा पनि अनुगमन गरेको छ । शिक्षाक्षेत्रमा अभिभावकहरुसँग विभिन्न शीर्षकमा लिनै नमिल्ने शुल्क लिएको गुनासोपछि विभागले अनुगमन गरेको महानिर्देशक कुमार दाहालले जानकारी दिए । उनले भने–‘पहिलो चरणमा १६ वटा ठूला स्कुलको अनुगमन गरिसकिएको छ । काठमाडौं रविभवनको लिंकन स्कुलले विभागको टोलीलाई अनुगमन गर्न स्कुलभित्रै प्रवेश गर्न दिएन ।’

अरु बोर्डिङ स्कुलले पनि अभिभावकहरुसँग नियम विपरीत शुल्क लिएका छन्, तर पहिलो चरणमा ठूला १६ वटा स्कुलमा अनुगमन गर्दा नै हामी आश्चर्यमा प¥यौं, उनले भने ।

अनुगमनका क्रममा एउटै स्कुलले बार्षिक ५ करोड रुपैयाँसम्म भर्नाशुल्क लिएको पाइएको विभागका महानिर्देशक कुमार दाहालले बताएका छन् ।

यसरी नीति नियम विपरीत अभिभावकहरुसँग कानुन विपरीत शुल्क लिएर स्कुल संचालकहरुले हाइड्रोपावरमा लगानी गरेको समेत पाइएको विभागले जनाएको छ । यसरी भर्नादेखि विभिन्न शुल्कका नाममा ठगी गर्ने १६ स्कुलहरुलाई पनि ठगीमा मुद्दा चलाउन प्रहरी परिसर काठमाडौं र ललितपुरमा पठाउने महानिर्देशक दाहालले जानकारी दिए ।

स्कुलहरुको नियमन गरी मनपरी शुल्क लिनेमाथि कारबाही गर्नुपर्ने दायित्व शिक्षा मन्त्रालय र शिक्षा विभागको हो । तर शिक्षाका नाममा अभिभावकहरुसँग चर्को शुल्क लिने र भर्नादेखि अन्य शीर्षक राखेर ठगी गरेको उजुरीपछि आपूर्ति ब्यवस्थापन विभागले अनुगमन गरेको छ ।

rato bangala
राताे बंगला ।

ullens

अारजु देउवाकाे लगानीकाे युल्नेस स्कुल  ।

Nobel
नाेबेल एकेडेमी ।
jems
धापाखेलकाे जेम्स स्कुल ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७