गीत हिट भइसकेको ‘मंगलम’को ट्रेलर सार्वजनिक, के छ साम्राज्ञीको भूमिका ?


२५ माघ २०७४, बिहीबार
samragree rajya laxmi 1

काठमाडाैं, २५ माघ : फिल्म ‘मंगलम’को ट्रेलर रिलिज भएको छ। विहीबार सार्वजनिक ट्रेलरमा कलाकारहरु शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्विराज प्रसाईं, निर शाह, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी फिचर्ड छन्।samragree rajya laxmi 1

‘मंगलम’ काे ‘पर्ख पर्ख मायालु’ र ‘बम्पर उपहार’ गीत सार्वजनिक भएसँगै एकाएक चर्चामा  छ ।  यो फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । फिल्मको ट्रेलर कलरफूल छ ।

फागुन २५ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरले प्रेम, बिछोड र वियोगको कथा बताउँछ। अतिथि कलाकार भनिएकी साम्राज्ञीले पनि ट्रेलरमा ठाउँ पाएकी छिन्।

रोदन, एक्सन, प्रेम देखाइएको ट्रेलरमा शिल्पाको प्रेममा नायक द्वय पुष्प खड्का र पृथ्वीराज प्रसाइँ ‘दिवाना’ भएका छन् । पुष्पसँग प्रेम हुँदा-हुँदै शिल्पाले पृथ्वीसँग विवाह गर्छिन् । पुष्पलाई प्यारालाइसिस हुन्छ । ट्रेलरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि अटाएकी छिन् ।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा रहेको छ ।

 

 

याे पनि पढ्नुहाेस्

साम्राज्ञीकाे स्तनमुनि ‘ट्याटु’ खोप्ने आर्टिष्टले मागे माफी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७