संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य पराजित


२६ माघ २०७४, शुक्रबार
astalaxmi and dormani

अब डोरमणि प्रदेश ३ को मुख्यमन्त्री

काठमाडौं, २६ माघ । एमाले प्रदेश ३ को संसदीय दलका नेता छान्न भएको निर्वाचनमा एमाले उपाध्यक्ष तथा प्रदेश नम्बर तीनकी इन्चार्ज अष्टलक्ष्मी शाक्य पराजित भएकी छिन् । शाक्यलाई पराजित गर्दे डोरमणि पौडेल दलका नेता छानिएका छन्  अब पौडेलाई मुख्यमन्त्रीको लागि बाटो खुलेको छ ।

शुक्रबार ललितपुरस्थित सिद्धिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनबाट ३४ मत ल्याएर पौडेल संसदीय दलको नेता चयन भएका हुन् । प्रतिद्वन्दी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याइन् ।  संसदीय दलको निर्वाचन गुटका आधारमा भएको हो । एमालेभित्रको गुटका आधारमा शाक्य माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।

astalaxmi and dormani

पौडेललाई मुख्यमन्त्रीकै दाबी गर्दै आएका केशव स्थापितले प्रस्ताव गरेका थिए भने समर्थक कैलाश ढुंगेल थिए । त्यसैगरी शाक्यलाई पशुपति चौलागाईले प्रस्ताव गरेका थिए भने समर्थन राजेन्द्रमान श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७