मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे


२७ माघ २०७४, शनिबार
Madhav Pd Ghimire

काठमाडौँ, २७ माघ  : राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन् । Madhav Pd Ghimire

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै देशमा अनुशासन रहेको एक मात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ, मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ ।’ सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ ।

यसैबीच राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ । सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७