कलाकार जसलाई फापेन घरबार


२८ माघ २०७४, आईतवार
Nepali artist

काठमाडाैं, २६ माघ : रंगिन दुनियाँका अनुहारहरू समाज र संस्कृतिका प्रतिनिधि पात्र हुन् । उनीहरूले समाजमा आदर्श पात्रको प्रतिनिधित्व गर्नुपर्ने हो । तर, नेपाली कलाकर्मीहरू समाजमा आदर्श पात्रका रूपमा स्थापित हुन सकेका छैनन् । विशेषगरी कलाकारहरूको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकेको छैन । रंगिन दुनियाँमा राम्रो घरजम गरेका, प्रेम र पारिवारिक आदर्शको प्रतीक बनेका र असल पति–पत्नीको भूमिकामा देखिएका नेपालका धेरै कलाकारहरूको वास्तविक पारिवारिक जीवन भद्रगोल छ । जनतापाेष्ट दैनिकमा खबर छ ।

थोरै कलाकारहरूको दाम्पत्य जीवन मात्रै उदाहरणीय बने पनि चल्तीका कलाकारहरूकै दाम्पत्य सम्बन्ध कसिला देखिएनन् । नेपालका धेरैजसो कलाकारहरू पारिवारिक समस्यामा छन् । आखिर किन यति सहजै भत्किन्छ नेपाली कलाकारहरूको सम्बन्ध रु तर्क आ–आफ्नै छन् ।Nepali artist

केही वर्ष अघि मात्र चर्चित गायिका अन्जु पन्त र संगीतकार मनोज राजको वैवाहिक सम्बन्ध टुंगिएको खबर सेलाउन नपाउँदै गायिका मिलन अमात्यको सम्बन्ध विच्छेद ९डिभोर्स० भयोे । अमात्यलाई उनका प्रशंसक ९फ्यान० ले पन्तको प्रतिस्पर्धीको रूपमा आँक्दै आएका थिए । अभिनेत्री अरुणिमा लम्सालको पनि डिभोर्स भएको छ । छोराछोरीका साथ अमेरिकामा बस्दै आएकी अरुणिमाले पति अमित अर्यालसँग डिभोर्स गरेकी हुन् । यी बाहेक धेरै कलाकारको पारिवारिक सम्बन्ध दिगो हुन सकेन ।

priyanka karki
रिमा–रोबर्ट
अभिनेत्री तथा टिभी होस्ट रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्माको पनि हालै सम्बन्ध विच्छेद भएको छ । रोबर्टले रिमासँगको सम्बन्ध तोड्नासाथ वर्षासँग नयाँ जीवन सुरुआत गरेको तस्बिर सामाजिक सञ्जालमा देखियो ।

दुई वर्षअगाडि परिवारको सहमतिमा विवाह गरेका रिमा र रोबर्टको वैवाहिक सम्बन्ध किन टुंगियो भन्ने विषयमा उनीहरू दुवैले मुख खोलेका छैनन् । दुवैमा समझदारीको कमी मात्र नभएर प्रतिष्ठाको ‘इगो’ले काम गरेकाले सम्बन्ध दिगो नभएको बताइन्छ । विचारको कदर गर्न नसक्नु तथा शंका–उपशंकाका कारण दुवैको सम्बन्ध अन्ततः विच्छेदको चरणसम्म पुगेको हो ।rima robat

मिलन–मेन्सन
नयाँ पुस्ताकी चर्चित गायिका हुन् मिलन अमात्य । गायन क्षेत्रमा पहिलो गीत रेकर्ड गरेपछि गायिका अमात्यलाई फर्किएर हेर्नु परेन । अहिलेसम्म उनले दर्जनौं गीतमा स्वर भरिन् । विश्वका दर्जनौं देश घुमिन् । देश विदेशका कन्सर्टहरूमा पर्याप्त सहभागिता जनाइन् । गायन क्षेत्रमा बलियो उपस्थिति जनाउन सक्षम भइन् । तर, उनी पनि दाम्पत्य जीवनमा भने असफल भइन् । विवाहको ६ वर्षमा उनले पति मेन्सन अमात्यसँग सम्वन्ध विच्छेद गरिन् ।
तीन महिनाअघि काठमाडौं जिल्ला अदालतमा पुगेर औपचारिक रूपमा दुवैले आ–आफ्नो फरक बाटो रोजे, सम्बन्ध विच्छेदको औपचारिक ‘ताम्रपत्र’मा हस्ताक्षर गरेर । मिलन अमात्यले गायक दीपक लिम्बूसँगको प्रेम चक्करका कारण पति मेन्सनसँगको सम्बन्धलाई बिराम दिएको बजारमा हल्ला चल्यो । तर, मिलनले त्यसमा खण्डन गरिन् ।

milan amatya
मिलनले आफ्नो सांगीतिक यात्रालाई अगाडि बढाउन चाहेकाले समझदारीमै डिभोर्स गरेको बताएकी छिन् । ‘सांगीतिक करिअरमा अगाडि बढ्दै गर्दा मैले उहाँको परिवारलाई पनि समय दिन सकिनँ’, मिलनले भनिन्, ‘यही कुराले हामी श्रीमान्–श्रीमतीबीच मनमुटाव सुरू भयो र समझदारीमा खुसीका साथ डिभोर्सको बाटो रोज्यौं ।’

पर्दामा सुन्दर देखिए पनि नेपाली कलाकारको जीवन भद्रगोल छ । उनीहरूको दाम्पत्य सम्बन्ध सुखमय रहन सकेको छैन ।

अरुणिमा–अमित
एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले पति अमित आर्यालसँग केही महिनाअघि डिभोर्स गरेकी छन् । अमेरिका बस्दै आएकी उनले १२ वर्षमो सहयात्रामा ब्रेक लगाइन् । अरुणिमा र अमितकी ६ वर्षकी एक छोरी छिन् ।

arunima lamsal 1
वैयक्तिक स्वतन्त्रतामा अमितको हस्तक्षेप बढ्न थालेपछि छुट्टिनुपर्ने निर्णयमा अरुणिमा पुग्न बाध्य भएको चर्चा छ । उनीहरूले करिव २ वर्षअघि अमेरिकाको ग्रिन कार्ड लिएर नेपाल छाडेका थिए । ९–१० महिनाकी छोरी छाडेर ५ वर्ष अघि सन् २०१२ मा उनीहरू अमेरिका छिरेका थिए । उनीहरूले सन् २०१५ मै नेपालमा रहेको आ–आफ्नो सम्पत्तिको भागवण्डा गरिसकेका थिए । छोरी अरुणिमाले राखेकी छन् ।

प्रियंका–रोचक
बैंकर रविना देशराजका जेठा छोरा आयुष्मान देशराज जोशीसँगको प्रेमका कारण पछिल्लोपटक झनै चर्चामा आएकी अभिनेत्री प्रियंका कार्कीको पूर्वपतिबारे कमै मात्र जानकार छन् ।

priyenka karki
पछिल्लो एक वर्षयता आयुष्मानको प्रेममा चुर्लुम्म डुबेकी प्रियंका सम्बन्धकै बारेमा भने विभिन्न व्यक्तिसँग नाम जोडिएर विवादमा नआएकी होइनन् । दीपकराज गिरी, दयाहाङ राईलगायतका विभिन्न कलाकारसँग उनको सम्बन्ध रहेको हल्ला बजारमुखी थियो । आयुष्मानसँगको प्रेम सम्बन्धपछि सबै हल्ला मत्थर छन् । अमेरिकामा रहेका युवा रोचक मैनालीसँग विवाह गरी केही समय अमेरिका बसेर ग्रिनकार्ड समेत लिन भ्याएकी प्रियंकाले रोचकसँग सम्बन्ध विच्छेद गरी फिल्म क्षेत्रमा सक्रियता देखाइन् । पूर्वपति रोचकले अर्को विवाह गरिसकेका छन् ।

उनको सम्बन्ध टुट्नुको कारणचाहिँ रोचकले प्रियंकालाई अभिनयका लागि बन्देज लगाउनु रहेको खुलाइएको थियो । अहिले नयाँ प्रेमजोडी आयुष्मान र प्रियंका भने खुसी देखिएका छन् । उनीहरू भन्छन्, ‘हो, हामी विवाहका लागि तयार हुँदैछौं ।’

भुवन–सुस्मिता
अभिनेता भुवन केसी धेरैवटा चलचित्रमा आदर्श प्रेमी, आदर्श श्रीमान् र आदर्श बाबु बनेका छन् । पर्दामा देखिएको यही आदर्शले गर्दा नायक केसीले धेरै ‘फ्यान’ कमाए । टन्न दाम कमाए । काठमाडौंमा घर जोडे, गाडी जोडे । बैंकमा लाखौं सम्पत्ति पनि जोडे । तर, वास्तविक जीवनमा भने केसीले नराम्रोसँग दुःख पाए ।
अभिनेता भुवनले त्यो आदर्श बचाउन सकेनन् । पहिलो परिवार प्रेमपूर्ण हुन नसकेपछि दोस्री श्रीमती भित्राएका केसीका दुवै श्रीमती साथमा रहेनन् । ‘घरभरि कपडा, वीरे नांगै’ भन्ने उखानजस्तै दुई छोरा र दुई श्रीमतीका धनी भएर पनि नायक केसी एक्लो र निराश जीवन बिताइरहेका छन् । स्मरण रहोस्, अहिलेका सबैभन्दा महंगा अभिनेता अनमोलका बावुआमा हुन् भुवन र सुस्मिता बम्जन । अहिले सुस्मिता र भुवन आ–आफ्नो बाटो लागे पनि एक–अर्काका कुरा काट्न भने छाडेका छैनन् । भुवनसँग छोरा अनमोल बस्दै आए पनि सुस्मिता पनि अनमोलको निकै केयर गर्छिन् । माया गर्छिन् ।Bhuwan Kc 1

मनिषा–सम्राट
‘फेरि भेटौंला’बाट पर्दाको दुनियाँमा प्रवेश गरेकी अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन पनि उनको करिअर सुरुआतको फिल्मभन्दा फरक भएन । विवाहको केही वर्ष पनि नबित्दै उनले पति सम्राट दाहालसँग छुट्टिने निर्णय गरिन् । ७ वर्ष कान्छा पतिसँग उनको सम्बन्ध त्यति सहज हुन सकेन ।
बलिउडको व्यस्त जीवनबाट केही फुर्सद पाएपछि मनिषा विवाहका लागि जन्मभूमि आइन् । व्यवसायी दाहालसँग विवाह गरिन् । उनीहरूको सम्बन्ध लामो समय नरहनुको कारण भने वैचारिक समानता नभएको टिप्पणी कतिपय अन्तरवार्ताहरूमा मनिषा स्वयंले गरेकी थिइन् ।Manisha Koirala SAMRAT DAHAL 7

छवि–रेखा
डिभोर्सको विषयमा सबैभन्दा चर्चित खबर बन्यो, रेखा थापा र छविराज ओझाको । नेपाली फिल्म उद्योगमा राम्रो प्रभाव राख्ने निर्माता छवि र अभिनेत्री रेखाको वैवाहिक जीवन एक दशकपछि पूर्णविराम लाग्यो । सम्बन्ध विच्छेदको प्रमूख कारण उमेर र सोचको समानता नभएको रेखाले बताउने गरेकी छन् । उनले छविलाई पतिभन्दा बढी पिताजस्तो ठान्ने गरेको बताउँदै आएकी छन् ।

chhabi rekha
रेखा अहिले विवाहको तयारीमा रहेको बताउँछिन् । छवि पनि अर्की अभिनेत्री शिल्पा पोखरेलसँग विवाहको तयारीमा रहेको जनाउँछन् । असोजमै विवाह गर्ने बताएकी छवि–शिल्पाले अहिलेसम्म औपचारिक सम्बन्ध नजोडे पनि लिभिङ टुगेदरमा रहेको चर्चा बजारभरि छ ।

पूजा–सुरज
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री पूजा चन्दले अमेरिकामा गायक राजु लामासँग विवाह गरिन् । त्यसअघिका उनका पति सूरज चन्दसँग सम्बन्ध विच्छेद गरी अमेरिका पुगेकी थिइन्, उनी । पूजा र सूरजकी एक छोरी छन् । सूरजले मोडल रिया कार्कीलाई विवाह गरे । सूरज र पूजाबीच राजीखुसीमै सम्बन्ध बिच्छेद भएको थियो ।

puja chanda
रञ्जना–श्याम
अभिनेत्री रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईबीचको वैवाहिक जीवन पनि असफल भयो । विवाह गरेको केही वर्षमै श्यामले रञ्जनालाई अमेरिका पठाए । तर, श्यामलाई समेत अमेरिका लैजाने तयारीका साथ त्यहाँ पुगेकी रञ्जना नेपालै फर्किनन् । श्यामलाई चटक्कै छाडिन् । श्याम रञ्जना गएको धेरैवर्षपछि अमेरिका पुगे । अहिले रञ्जना के गर्छिन् अमेरिकामा, पत्तो छैन । श्याम अक्कल–झुक्कल सामाजिक सन्जालमा फिल्मसम्बन्धी काम गरिरहेको देखाउँछन् ।

ranjana sharma us short skirt
सञ्चिता–आकाश
सञ्चिता लुईटेल एक समयकी चर्चित अभिनेत्री हुन् । उनले अभिनेता आकाश शाहसँग डिभोर्स गरेर अभिनेता निखिल उप्रेती रोजिन् । निखिल–सञ्चिताका २ सन्तान छन् । पहिली श्रीमती कोपिला उप्रेतीसँग प्रेमविवाह गरेका निखिलसँग दोस्रो श्रीमतीको रूपमा सञ्चिता घर भित्रिएकी हुन् । त्यसो त सञ्चिताले आकाश शाहसँग प्रेमविवाह नै गरेकी थिईन् । तर त्यो जोडी छोटो समयमै एक–अर्काबाट अलग भए ।

sanchita luitel 9Iypt5IbAO
गौरी–प्रज्वल
प्रकाश थापाले निर्देशन गरेको ‘सन्तान’बाट चलचित्र खेल्न सुरू गरेकी गौरी मल्लले कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रो उपस्थिति देखाइन् । रूपभन्दा पनि अभिनय क्षमताका कारण गौरी चर्चित थिइन् । अभिनयकै दौरान गौरीको प्रज्जवल भण्डारीसँग विवाह भयो । विवाहपछिका केही वर्ष गौरी जापान बसिन् । तर, प्रज्जवलसँग उनको सम्बन्ध धेरै समय टिक्न सकेन । उनीहरूबीच सम्बन्ध बिच्छेद हुन पुग्यो । गौरी अहिले एक्लै बस्दै आएकी छन् ।

gauri malla
अञ्जु–मनोज
गायिका अन्जु पन्त र मनोज पनि विवाह गरेको करिब दश वर्षपछि एकअर्काबाट अलग भए । पतिसँगको लामो असहजताका कारण उनले डिभोर्स गरेको बताउँदै आएकी थिइन् । मनोजले आफूमाथि गरेको अन्याय र अत्याचार सहन नसकेको उनको भनाई छ । डिभोर्स हुनुभन्दा अघि पनि मनोजले अञ्जुलाई अचेत अवस्था हुनेगरी पिटेका खबरहरू आएका थिए ।

anju panta
मनोजले आफ्नो चरित्रमाथि सधैँ शंका गर्ने र झगडा गर्ने गरेको अञ्जुले बताएकी छिन् । हाल अन्जुको साथमा छोरी पनि छिन् । मनोजले भने अर्को विवाह गरिसकेका छन् । उनले आफ्नी नयाँ श्रीमतीलाई पनि गायिका बनाएका छन् । मनोजसँगको कुराकानीमा उनले अन्जुलाई त्यति धेरै घृणा भने गरेनन् । अन्जु नेपालकी राम्रो क्षमता भएकी गायिका भनेर खुसी दर्शाए ।

छुल्ठिम–धीरज राई
‘डायरी’ चलचित्रकी निर्माता एवं नायिका छुल्ठिम गुरूङ हाल एक्लै छिन् । ‘नोभेम्बर रेन’बाट चर्चामा आएकी छुल्ठिम गायक धीरज राईकी पूर्वपत्नी हुन् । विवाह गरेको दुई वर्ष नबित्दै उनले धीरजलाई छाडिदिइन् । छुल्ठीम र धीरजको सम्बन्ध के कारणले टुट्यो, त्यो भने अहिलेसम्म उनीहरूले खुलाएका छैनन् । छुल्ठीम पनि यस विषयमा त्यति बोल्न चाहिनन् ।

chhulthim

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७