कस्तो कांग्रेस, कसको कांग्रेस ?


२३ आश्विन २०७४, सोमबार
Nepali Congress

१. काँग्रेसीहरुको बिपन्न वर्गका सामान्य मान्छेलाई मान्छे नगन्ने, हेप्ने जन्मजात चरित्र छ । उनीहरु ठालु हुने, आफुलाई मै हुँ भनी ठान्ने प्रबृत्ति छ । उनिहरु सामान्य मानिस भन्दा आफुलाई अलग्गै र बिशेष देखाउन चाहन्छन् । सामान्य मानिसहरुसंग घुलमिल हुन आफ्नो जातै जाला जस्तों गर्दछन् । यो उनिहरुको जन्मजात बर्गीय चरित्र हो । त्यसैले समान्य मानिसहरु काँग्रेसीहरुको नजिकै पर्न चाहदैनन् । सामान्य मानिसहरुमा काँग्रेस हुँ भन्नेहरुबाट एक किसिमको डर त्रास हुन्छ । त्यसैले यस्ता सामान्य मानिसहरु काँग्रेसीहरुबाट टाढै रहन चाहन्छन् ।

dr thapa

२.केहि अपबाद बाहेक बहुसंख्यक काँग्रेसीहरुमा ईमान्दारिता नामको चिज नै हुदैन । आफ्ना निकटस्थहरुसंग समेत ढाँटछल, छलकपट, तिकदम, जालझेल, प्रपन्च रच्ने उनिहरुको खास बिशेषता हो । काँग्रेसहरु आफन्तहरुसंग पनि कहिल्यै सोझो बोल्दैनन् । झुठा मुद्धा लगाएर बिरोधिलाई दुख दिने, फँसाउने, होच्याउने उनिहरुको खास प्रबृत्तिहो । झुटा मुद्धाको प्रसङ्ग चल्दा काँग्रेसको नाम संगसंगै जोडिएर आउँछ । त्यसैले सामान्य मानिस सकेसम्म काँग्रेसीहरुसंग तर्केर हिड्दछन् ।

३. काँग्रेस भ्रष्टाचार, आर्थिक अनियमितता, घुस, कमिशन आदिप्रति अत्यन्त नरम दृष्टिकोण राख्दछ । उ जसरी र जे गरेर भएपनि सम्पत्ति थुपार्नु पर्दछ भन्ने मान्यता राख्दछ । त्यसैले ठग्ने, लुट्न, धोखा दिने, बेईमानी गर्ने, घुस, कमिशन खाने उस्को लागि सामान्य कुरा हुन्छन् । त्यसैले त भनिन्छ—गरिब काँग्रेस हुदैन, काँग्रेस गरिब हुदैन । कोही गरिब परिबन्दमा परेर वा कुरा नबुझी काँग्रेसी भयो भने पनि उस्लाई अरु काँग्रेसीले दासलाई झै हेयको दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्दछन् । जसरी कमाएको भएतापनि एउटा काँग्रेसीले अर्को काँग्रेसीको खोजिनीति र नकारात्मक टिका टिप्पणी गर्दैन । कहाँ मौका पाएछ मात्र भनेर छोडि दिन्छ । बरु भ्रष्टाचार गर्नेलाई अप्ठ्यारो पर्यो भने उल्टै सहयोग गर्न पुग्दछ ।

किनभने कुनै दिन उ आफै पनि त्यस्तो अप्ठ्यारोमा पर्न सक्ने सम्भाबना उसले देखिरहेको हुन्छ । नेपाली काँग्रेसले लोकमान सिंह कार्कीलाई यही कारणले संरक्षण गरेको हो । एकाध अपबाद बाहेक धेरै जसो काँग्रेसीहरु यस्तै हुन्छन् । २०४८ सालको चुनाव पछि ३० बर्षमा गठन भएको पहिलो काँग्रसी सरकारका कतिपय बरिष्ट मन्त्रीहरुलाई त्यतिखेर नै कमाउ धन्दामा लागेको आरोप लागेको थियो । धमिजा काण्ड त्यतिखेर नै घटेको काण्ड हो, जस्मा स्वयम गिरिजा प्रसाद कोईराला संलग्न भएका थिए । काँग्रेस सत्तामा रहँदा यस्ता अनगिन्ती काण्ड भएका छन् ।

भर्खरै उजागर भएको कर फस्र्योट आयोग काण्ड त्यो क्रमको पछिल्लो कडि हो । काँग्रेसका बरिष्ट मन्त्रीहरु भ्रष्टाचार मुद्धामा दोषि ठहरिनु यस कुराको अर्को ज्वलन्त उदाहरण हो । यसरी ३० बर्षसम्मको संघर्ष पछिको पहिलो सरकारको सुरुदेखि नै नेपाली काँग्रेसले यस्तो परम्परा बसाल्यो ।

४. नेपाली काँग्रेस आधारभूत रुपमा सामान्ती संस्कार र प्रबृत्ति भएको शोषक बर्गको प्रतिनिधित्व गर्ने पार्टी हो । गाउँका यस्तै प्रबृत्ति भएका मानिसहरु सबै त्यँहा काँग्रेस भएका छन् । उनिहरुको सामाजिक र धार्मिक रितीरिवाजमा यहि संस्कार र प्रबृत्ति प्रष्ट रुपमा झल्किन्छ । तिनले गाउँका सिधासाधा मानिसलाई, सताउने, बिरोध गर्नेलाई झुटा मुद्धा लगाई फसाउँने, दुख दिने गर्दछन् । काँग्रेसले देशभरीका यस्तै मानिसहरुको प्रतिनिधित्व गर्दछ । बिरोधिलाई झुटा मुद्धा लगाउने नेपाली काँग्रेसको पहिचान नै भएको छ ।

५. नेपाली काँग्रेस हामीले बिर्ता र जमिन्दारी प्रथा उन्मुलन गर्यौ भनेर गर्व गर्दछ । तर त्यो २०१६ सालमा बी।पी। को सरकारले गरेको काम हो । के अहिले शेरबहादुरको काँग्रेस बी।पी।को काँग्रेस जस्तो छ रु बी।पी। प्रजातान्त्रिक समाजबाद भन्दथे । तर देउवा काँग्रेस समाजबादको नाम सुन्दैमा मुण्टो बटार्छ । अहिलेको काँग्रेस राजनीतिक र सामाजिक रुपमा सहि अर्थमा यथास्थितिबादी र कतिपय सन्दर्भमा अझ प्रतिगामी पार्टी भई सकेको छ ।

उ कुनै पनि बिषयमा प्रगतिशील परिबर्तनको बिरोधि छ । कमैया र कम्लरी मुक्ति, हलियामुक्ति, सुकुम्बासी समस्याको समाधान, छुवाछुत प्रथाको उन्मुलन आदिको घोषणा गर्न नेकपा ९एमाले० ले काँग्रेससंग कत्रो लडाई लड्नु पर्यो भन्ने कुरा दुनियालाई थाहा छ । उल्टै यी काम हामीले गरेका हौं भन्दा उसलाई रत्तिभर लज्जाबोध हुदैन ।

यसले पनि उसको प्रबृत्ति जाहेर गर्दछ । संसदीय प्रणालीको कारणले देशमा राजनीतिक स्थिरता नभएको कुरा महसुश गरेर पनि त्यही यथास्थिति र सामन्तबादी संस्कारको कारणले संबिधान निर्माणको क्रममा काँग्रेसले यो प्रणालीको पक्षमा अडान लिई रह्यो, त्यसको बिकल्पमा जान मानेन । र, नयाँ संबिधान आईसकेपछि पनि राजनीतिक अस्थिरताले निरन्तरता पायो । त्यसैले बिगतमा झैं यस पटक पनि नेपालको राजनैतिक अस्थिरताको कारक नेपाली काँग्रेस नै भएको छ ।

६. नेपाली काँग्रेस बिदेशीहरु प्रति दास मानसिकता भएको, बिदेशीहरुको दलाली गर्ने प्रबृत्ति भएको पार्टी हो । जनतालाई भन्दा बिदेशी शक्तिलाई रिझाएर सत्तामा जान खोज्ने र सत्तामा टिक्न खोज्ने पार्टी हो । यहि भएर त त्यस पार्टीका हालका सभापति ‘हामीलाई बिदेशीले पत्याउँछन्’ भन्दछन् । कोशी र गण्डक योजना, टनकपुर सन्धि उसको यही नीति अन्तर्गत भएका सम्झौता हुन् ।

कर्णाली र अरुण तेश्रो जलबिद्युत आयोजना भारतीय कम्पनिलाई दिने काम पनि उसले यही नीति अन्तर्गत गरेको हो ।सत्तामा जानको लागि उसले बिदेशी शक्तिलाई जे मागे पनि दिने गर्दछ । बिगतमा पटक पटक उसले गरेका यस्ता कामबाट यस कुराको पुष्टि हुन्छ । यसरी नेपाली काँग्रेस राष्ट्रियताको सवालमा अत्यन्त कमजोर अडान भएको पार्टी हो । यसबाट उसको नेतृत्वमा नेपालको स्वाभिमान र सार्बभौमिकता सुरक्षित हुदैन भन्न हच्किनु पर्दैन ।

७. नेपाली काँग्रेस आफु लोकतन्त्रको मसिहा भएको दावी गर्दछ तर उसको लोकतन्त्र सतहमा मात्र हुन्छ, केन्द्रीय स्तरमा मात्र हुन्छ, जनस्तरमा हुदैन, जनताको घरदैलोसम्म पुग्दैन । किनभने जनस्तरमा लोकतन्त्र पुगेमा जनताको चेतनाको स्तर माथि उठ्छ र गाउँठाउँमा उसको शोषण, दमन र उत्पीडन चल्न छोड्छ । उसले भ्रम छरेर हैकम चलाउन पाउँदैन । उसको लोकतन्त्र जनताको आर्थिक, सामाजिक अबस्थासंग सरोकार राख्दैन । उसको लोकतन्त्रमा केन्द्रीय स्तरका नेताहरुले भाषण गर्न पाए पुग्छ । जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, शोषण, उत्पीडन आदि समस्यालाई सम्बोधन गर्नु उसको लोकतन्त्रको परिभाषाभित्र पर्दैन । जनतालाई अधिकार दिने कुरा सुन्ने बित्तिकै काँग्रेसलाई कामज्वरो आउँछ । तर मुखले चाहिं उत्पीडित जनताको मुक्तिदाता आफै भएको दावी गर्न बेर लगाउदैन ।

८. नेपाली काँग्रेस बिकासको सन्दर्भमा मौलिक सोच र चिन्तनको मरुभूमि भएको पार्टी हो । उसले जानेको कुरा केवल उदारीकरण, निजीकरण र बिश्वव्यापीकरण, बजार र निजी क्षेत्र मात्र हो । यी कुरा पनि उसका आफ्ना होईनन् र हुने पनि कुरै भएन ।

उसले यी कुरा अन्तर्राष्ट्रिय मुद्रा कोष, बिश्व बैंक, बिश्व व्यापार संगठन र एशियाली बिकास बैंकबाट सिकेको हो । त्यसैले देशका विपन्न र सीमान्तकृत वर्ग, पछाडि परेको क्षेत्र, भूमिहीन किसान, सुकुम्बासी, मजदुर, दलित आदिको आर्थिक तथा सामाजिक उत्थान गर्ने उसंग न कुनै दृष्टिकोण छ न चाहना नै । साच्चै भन्ने हो भने यदि नेपालमा नेकपा९एमाले० नउदाएको भए उसले अहिलेसम्म पनि ती वर्ग र तप्काका जनताको उत्थानको निमित्त अहिले भनिए जति कुरा भन्नसम्म पनि सक्ने थिएन ।

उसले यी सबै कुरा बिगतमा एमालेले बजेट मार्फत ल्याएका कुरा सुनेर, जानेर, सिकेर भन्न र लेख्न थालेको हो । यदि यसो हुदैनथ्यो भने २५ बर्षमा २० बर्षभन्दा बढी सत्तामा रहेको र त्यति नै संख्यामा बजेट पेश गरेको काँग्रेसले गरिबसंग बिश्वेश्वर भन्ने बाहेक अरु कुनै नयाँ जनमुखी कार्यक्रम ल्याएको भए काँग्रेसीहरुले भनुन् । काँगे्रसमा बिकासको सोच, दृष्टिकोण र चिन्तनको यस्तो अभाव छ ।

९. नेपाली काँग्रेसले जनताको सेवा गर्ने भन्ने कुरा जानेकै छैन । उ त समाजको ठालु हो, ठालुले त जनताबाट सेवा लिन्छ, आफुभन्दा तल्लो वर्गका निम्सरा जनताको सेवा गर्न उसलाई कहाँ सुहाउँछ रु त्यसैले चुनाव नआईन्जेल काँग्रेस गाउँ फर्कदैन, जनता कँहा जादैन, सहर बजार तिर, सदरमुकामतिर गफ हाँकेर, मोज मस्ती र एैयाश गरेर बस्छ ।

जब चुनाव घोषणा भई उमेदवारी दर्ता हुन्छ तव साम, दान, दण्ड, भेदको नीति अँगाल्दै, पैसा बाँडेर, प्रहरी प्रशासन र गुण्डाहरुको सहयोगमा बुथ कव्जा गरेर चुनाव जित्न खोज्दछ । उसले अहिलेसम्म जितेका चुनाबमा यस्ता करतुतको निर्णायक भुमिका रहेको कुरामा काँग्रेसी जनले मात्र बिमति जनाउलान् । जनता यस कुराका भलिभाँति जानकार छन् ।

१०. नेपाली काँग्रेसको अर्को चरित्र कस्तो छ भने उसले देशमा प्रचलित ऐन कानुन मान्ने होईन त्यसलाई छल्ने, त्यसको अबज्ञा गर्ने कुरा हो भन्ने ठान्दछ । अर्थात आफु कानुनभन्दा माथि रहेको र कदाचित कानुनको नजर परि हाल्यो भने पनि त्यसलाई भनसुन गरेर, अनेक तरिकाले दबाव दिएर, पैसा खुवाएर, धमकी दिएर तर्काउने कोशिश गर्दछ र धेरैजसो घटनामा उ सफल पनि हुन्छ ।

नेपालमा लामो समयदेखि कायम रहेको र बढ्दै गएको दण्ड हिनताकोे कारण त्यहि हो । उ जतिसुकै ठुलो अपराधि, कानुन बिपरित काम गर्ने वा भ्रष्टाचारी भएतापनि म काँग्रेसी हुँ वा अब हुन्छु भन्दै काँग्रेसको जुनसुकै नेताको शरणमा गयो भने पनि उसले त्यस्तो व्यक्तिलाई जोगाउने, बचाउने र संरक्षण गर्ने काम गर्दछ । र, त्यस्तो व्यक्ति अझ अगाडि बढेर कानुनलाई आफ्नो हातमा लिने काम गर्दछ ।

यी सबै कुराहरुको आधारमा ढुक्कसंग के निष्कर्ष निकाल्न सकिन्छ भने नेपाली काँग्रेसको लोकतन्त्रबाट जनता लाभान्वित हुन पाउँदैनन, उसबाट सामाजिक भेदभाव हट्दैन, आम जनता शोषण र उत्पीडनमा परिरहन्छन्, कुशासनमा कमी आउनुको सट्टा झन् बढ्दै जान्छ, भ्रष्टचार बढ्दै जान्छ र देशको अस्मिता लुटिदै जान्छ, आदि इत्यादी ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७