रसियामा राष्ट्रपतिका आठ उम्मेदवार


२८ माघ २०७४, आईतवार
putinn

रसिया :  आगामी राष्ट्रपति निर्वाचनका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनसहित आठजना चुनावी मैदानमा उत्रिएका छन् । १८ मार्चमा हुने राष्ट्रपति निर्वाचनमा उनीहरू प्रतिस्पर्धामा रहेको रसियाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

putinn

राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने मतपत्रमा आठैजना उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिने पनि आयोगले स्पष्ट पारेको छ । उम्मेदवारी दर्ता गराएकामध्ये एकजना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारलाई कुनै पार्टीको समर्थन र सिफारिस छैन ।

रसियाको राष्ट्रपतीय निर्वाचनमा राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्ने हरेक व्यक्तिले कम्तीमा एक लाख मतदाताको हस्ताक्षर बुझाउनैपर्ने व्यवस्था छ । वर्तमान राष्ट्रपति पुटिन तेस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७