विश्वकै महँगो चलचित्र बन्दै, बाहुबलीभन्दा १० गुणा बढी खर्च !


२८ माघ २०७४, आईतवार
pg 24 avatar 1 capital jMZHu0qgoO

काठमाण्डौं, २८ माघ : चलचित्र निर्माणमा प्रविधिको उच्च प्रयोगसँग खर्च पनि खुलेर गर्न थालिएको छ । सन् २००९ मा सार्वजनिक हलिउड चलचित्र ‘अवतार’ अहिलेसम्मको विश्वकै सबैभन्दा बढी कमाई गर्ने चलचित्र मानिएको छ । यो चलचित्रले संसारभर हंगामा मच्चाउँदै २.८ अर्ब डलरको कमाइ गर्न सफल भएको थियो ।pg 24 avatar 1 capital jMZHu0qgoO

चलचित्रका निर्देशक जेम्स क्यामरुनले एक काल्पनिक कथामा चलचित्र निर्माण गरेका थिए । चलचित्रमा पृथ्बी र अर्काे ग्रहको कथा बुनिएको छ । दर्शकले चलचित्रलाई रुचाए । विश्वरभरबाट चलचित्रले तारिफ समेत बटुल्न सफल रह्यो । सफलतासँगै चलचित्रको सिक्वेल बन्ने चर्चा चलेको थियो । चलचित्रका निर्देशक जेम्स पनि अवतारको भन्दा राम्रो कथाको खोजी गरिरहेका थिए ।

निर्देशक जेम्सले चलचित्रको सिक्वेल अहिले शुरु गरेको समाचार बाहिर आएको छ । चलचित्र थ्रिडीको रुपमा निर्माण हुने र विश्वकै सबैभन्दा महँगो चलचित्र बन्ने दाबी गरिएको छ । चलचित्र निर्माणमा चार पार्ट रहेका छन् । चारै पार्ट एक साथ सुटिङ गरिँदैछ । भव्य चलचित्र बनाउने मामिलामा अभिनेता जेम्स परिचित छन् । उनले यस अगाडि टर्मिनेटर २ र टाइटानिक जस्ता सफल चलचित्र बनाएका छन् ।

अवतारका दोस्रो संस्करण १८ डिसेम्बर २०२० मा रिलिज हुनेछ । अर्काे संस्करण यसको एकर्ष पछि आउनेछ । बाँकी दुई भाग २०२४ र २०२५ मा आउने बताइएको छ । चलचित्र रिलिजको आधिकारीक मिति भने आउन बाँकी छ ।चलचित्रको निर्माण लागत एक अर्ब डलरभन्दा बढी लाग्ने अनुमान गरिएको छ । चलचित्रका निर्माता निर्देशक चलचित्रले लगानी भन्दा धेरै बढी कमाउने अनुमान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७