हङकङ बस दुर्घटनामा १८ जनाको मृत्यु


२८ माघ २०७४, आईतवार
hongkong bus accident

हङकङ, २७ माघ : चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।hongkong bus accident

शाटिनबाट ताईपोतर्फ हिँडेको बस ताइपोमा पुगेपछि भएको दुर्घटनामा १५ जना पुरुष तथा तीन महिलाको घटनास्थलमा नै निधन भएको बताइएको छ ।

उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका छन् ।

घानाको अनुसन्धान शुरु गरिएको छ । घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोरले विरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल जानुभएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७