छोरीको कुमारित्व भङ्ग गराउन आमा–बाबुले नै भिडाउँछन् भुसतिघ्रे !


२८ माघ २०७४, आईतवार
manh

अफ्रिकाको मलावीमा आमा–बाबुहरु आफ्ना छोरीहरुलाई सेक्स क्याम्पमा पठाउँछन् । त्यहाँ छोरीको उमेर १० वर्ष पुगेपछि कुमारित्व भङ्ग गर्न भन्दै सेक्स क्याम्प पठाउने चलन छ । त्यति मात्र होइन सेक्स क्याम्पमा छोरीलाई भुसतिघ्रे रोजेर भिडाइन्छ । १० वर्षकी ग्रेसलाई गोल्डेन भिलेजस्थित घर नजिकैको क्याम्पमा पढाएर यौन शिक्षा दिइयो ।manh

उनी क्याम्पमा आफ्नी हजुरआमासँग बसिन्, जहाँ उनलाई एक सातासम्म ठूलाको सम्मान तथा घरधन्दा गर्न सिकाइयो ।
त्यहाँ उनलाई यौन सम्बन्ध राख्ने तरिकाका सम्बन्धमा पनि जानकारी दिइयो । क्याम्पमा पुगेका युनाइटेड नेशन फाउण्डेशनका पत्रकारहरुको टोलीका अनुसार क्याम्पमा एक महिला किशोरीहरुलाई यौन क्रियाका लागि बढावा दिइरहेकी थिइन् ।

त्यति मात्र होइन क्याम्पमा नृत्य गरेर वा अन्य तौरतरिका अपनाएर पुरुषलाई खुशी पार्न सिकाइन्छ । गल्र्स इन्पावरमेन्ट नेटवर्कका सञ्चार सल्लाहकार न्वायसका अनुसार कहिलेकाहिँ त्यहाँ वयस्क पुरुषहरु आउँछन् । राति आउने त्यस्ता पुरुष को हुन् भन्ने जानकारी किशोरीलाई हुँदैन । तर, उनीहरुले यौन शिक्षाअन्तर्गत ती भुसतिघ्रेहरुलाई सन्तुष्ट पार्न सक्नुपर्छ । यौन शिक्षाको यो प्रक्रिया शुरुमै कतिपय किशोरी आमा बन्ने अवस्थामा पुग्छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७