धुर्मुस–सुन्तलीले सन्तपुरका विपन्नलाई त हँसाए, तर आफै चाहीं रुँदै फर्किए


२८ माघ २०७४, आईतवार
dhurmus 2

रौतहट, २८ माघ : रौतहटको चन्द्रपुर–८ को सन्तपुरमा विपन्न दलित समुदायलाई घर बनाएका हाँस्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) को टाउकोमा ६० लाख ऋण लागेको छ ।dhurmus 2

५ करोड ९४ लाख लागतमा एकीकृत नमूना बस्ती निमार्ण गर्दा उनीहरुले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई ६० लाख ऋण लागेको छ । माघ २३ गते बाढीपीडितलाई घर हस्तान्तरण गर्दा ७० लाख रकम अपुग भएको थियो । ‘त्यसपछि १० लाख रकम सहयोग जुटेको छ, अझै ६० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ’–फाउण्डेसनका व्यवस्थापक अर्जुन न्यौपानेले भने ।1

बस्ती निमार्णका लागि ल्याइएको सामाग्रीवापतको करिब ६० लाख रकम तिर्न बाँकी रहेको र त्यो रकम सहयोग जुट्नेमा आशावादी रहेको बस्तीका बासिन्दासँग बिदा माग्दै फाउण्डेसनका अध्यक्ष तथा हाँस्य कलाकार धुर्मुसले बताएका छन् । सरसफाइमा विशेष ध्यान दिन, सबैजना मिलेर बस्न, छोराछोरीलाई विद्यालय पठाउन, मदिरालगायत नशालु पदार्थ सेवन नगर्न र बस्तीको हेरचाह गर्न आग्रह गर्दै धुर्मुस सुन्तली रौतहटबाट फर्किएका छन् ।

हास्य कलाकार धुर्मुसले भने ‘बाँकी रहेको रकम चाँडै तिर्नुपर्ने छ, रकम जुट्नेमा विश्वस्त छु । एकसय १५ दिनमा बस्ती हस्तान्तरण गर्न पाएकोमा सबैभन्दा खुशी व्यक्ति गर्दै, असल र सकारात्मक सोच लिएर अघि बढ्दा सबैबाट साथ र सहयोग पाएकाले मानवसेवामा लागिरहने प्रेरणा मिलेको समेत उनीहरुले बताए । बस्तीमा ४७ वटा आवसिय घर, बाल विकास विद्यालय, बाल उधान, सार्वजनिक शौचालय, मन्दिर, भ्यूटावर, खानेपानीको धारा र बाटो निमार्ण गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७