चौधरी ग्रुपको नर्भिक अस्पतालमाथि ठगीमा मुद्दा चलाउन प्रहरीलाई पत्र


२८ माघ २०७४, आईतवार
narvik

काठमाडौं, २८ माघ । नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा ब्रह्मलुट हुने गरेको छ । संविधानमा शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकारका रुपमा उल्लेख गरे पनि ब्यवहारमा बोर्डिङ स्कुलहरुले लिनै नपाइने विभिन्न शीर्षकमा शुल्क लिइरहेका छन् ।

narvik

अस्पतालहरुले मनपरी शीर्षकमा बिरामीको ब्रह्मलुट मच्चाइरहेका छन् । जुन सरासर ठगी भएको आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाल बताउँछन् ।
चौधरी ग्रुपको लगानी रहेको थापाथलीको नर्भिक इन्टरनेशल हस्पिटलले बिरामीको बेडचार्ज लिइकन पनि पुनः बेड सर्भिस चार्ज लिएको देखिएपछि आपूर्ति ब्यवस्था विभागले ठगीमा मुद्दा चलाउनका लागि २०७४ पुस १७ मा महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । देशको सबैभन्दा ठूलो ब्यापारिक घराना दाबी गर्ने र फोब्र्स म्यागाजिनमा नेपालका सबैभन्दा धनीको सूचीमा नाम परेका विनोद चौधरीका भाइ बसन्त चौधरीले नर्भिक अस्पताल संचालन गर्दैआएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७