७१ यात्रुसहित हिउँमा यसरी विलिन भयो रूसी विमान (फोटो फिचर)


२८ माघ २०७४, आईतवार
Russain Plane

मस्को : मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ । विमानमा रहेका छ जना चालक दलका सदस्यसहित सवै ७१ जना यात्रु जीवित रहेनसक्ने आशा गौण रहेको रसियाली अधिकारीलाई उद्धृत गर्दै इन्टरफ्याक्स न्यूज एजेन्सीले आइतबार जनाएको छ ।

Russain Plane

विमान रसियाको राजधानी मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट रसियाकै पश्चिमी ओरेन्वर्ग क्षेत्रको ओस्र्कका लागि छुटेको थियो । विमान हिउँले भरिएको क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । विमान आर्गुनोभोको ग्रामिण इलाकामा दुर्घटना भएको हो । इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ । यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ ।

रसियाली यातायात मन्त्रालयले इन्टरफ्याक्सलाई दिएको जानकारी अनुसार विमान दुर्घटना मौसम खराब भएका कारण वा मानवीय कमजोरीका कारणलगायतका केही अन्य कारणले भएको हुनसक्ने देखिएको छ । यद्यपि यसबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने मन्त्रालयले बताएको छ ।

रसियिाली छानविन समितिले दुर्घटनाको कारण अध्ययन गरी प्रशासनलाई प्रतिवेदन बुझाउन काम शुरु गरिसकेको बताएको छ । रसियाली यातायात मन्त्री माक्सिम सोकोलोभ घटनाबारे बुझ्न र मृतकका आफन्तलाई सान्त्वना दिन दुर्घटनास्थलतर्फ गएका छन् ।

फोटो फिचर :-

Second pilot Sergey Gambaryan 34 pictured was also on the flight and died on Sunday
दुर्घटनाग्रस्त विमानका सह चालक
The Antonov An 148 plane stock image came down less than 10 minutes after taking off from Moscow
दुर्घटनाग्रस्त विमानको फाइल तस्बिर

 

4919A8FC00000578 5378003 Flight 6W703 went missing just minutes after tasking off from Do m 60 1518356052160

Flight crew member Anastasia Slavinskaya 29 left and second pilot Sergey Gambaryan 34 both died in the air horror today
दुर्घटनाग्रस्त विमानका उडान सदस्य

Members from the emergency services worked at the scene where 71 people died after the plane crashed

The 29 year old was working on the plane when it came down and crashed shortly after taking off
दुर्घटनाग्रस्त विमानका उडान सदस्य
Russsain plane
दुर्घटनाग्रस्त विमान
Witnesses described seeing the plane breaking in the sky before it came crashing down after taking off from the Domodedovo Airport
दुर्घटनाग्रस्त विमान
Huge pieces of debris could be seen on the ground where the plane came down on Sunday
दुर्घटनाग्रस्त विमान

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७