नेपालमा ५० लाख पर्यटक भिर्‍याउन सकिन्छ : टान अध्यक्ष दाहाल


२९ माघ २०७४, सोमबार
nawraj dahal

काठमाडौं, २८ माघ : नेपाल ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले नेपालमा ५० लाख पर्यटक भिर्‍याउन सकिन्ने बताएका छन् । टानले बिहीबार आयोजना गरेका संयुक्त लोसार कार्यक्रममा राजनीतिक दलहरू चुनावी घोषणा पत्रमा नेपाल ५० लाख पर्यटक भिर्‍याउने योजना सम्भव भएको बताएको हो । तर उनले यसका लागि आधारभूत पूर्वाधारको विकास गर्नुपर्ने बताए । nawraj dahal

‘नेपालमा ५० लाख पर्यटक भिर्‍याउन सम्भव छ, तर पूर्वाधारको विकास गर्नुपर्छ ।’,उनले भने,‘पर्यटन व्यवसायमा प्रशस्त रोजगारीकाे सम्भावना छ तर त्यसको लागि नेपालको पूर्वाधारका साथै विमानस्थलको सुधार, बजार प्रवर्द्धन गर्न आवश्यक छ ।’

उनले पर्वतीय पर्यटन र पदयात्रा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै क्षेत्रको सहयोग आवश्यक भएको बताए । उनले पर्यटन पूर्वाधार विकासमा जोड दिँदै गुणस्तरीय सेवाका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराए ।

यसै गरी उनले पदयात्रामा जाने दुई पर्यटकका लागि कम्तीमा गाइड व्यवस्था रहेकोमा एक जना भए पनि गाइड राख्ने व्यवस्था हुनपर्ने बताउँदै गाइड बेगर पदयात्रामा जाँदा पर्यटकहरू दुर्घटनामा पर्न जस्ता समस्याहरू देखा परेको बताए ।  उनले यातायतहरुको विकाससँगै पदयात्रा सङ्कटमा परेको बताउँदै नयाँ पदयात्राको खोजी सरकारले गरिदिनु पर्ने बताए ।

यस्तै  अहिले केही क्षेत्रमा दोहोरो रुट परर्मिट लिनुपरिरहेकाे अवस्था  समस्या समाधान गर्नुपर्ने बताए । Prachand

संयुक्त लोसार कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका नेकपा(माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सुशासन, स्थायित्व र विकासका लागि राजनीतिक दलबिच एकता जरुरी रहेको बताए ।

‘जनताको अपेक्षा र इतिहासको आवश्यकताअनुसार समृद्धिका लागि दलीय एकता आवश्यक छ । अन्य विषयमा आ–आफ्ना मुद्दा हुन सक्छन्, समृद्धिका लागि भने सबै नेपालीको ऐक्यबद्धता आवश्यक छ ’, उनले भने ।

अध्यक्ष प्रचण्डले नेपालमा पर्यटन व्यवसायको प्रचुर क्षेत्र भएको बताउँदै मुलुकको समग्र पर्यटन प्रवर्द्धनका लागि समयसापेक्ष नीतिगत सुधार र पूर्वाधार विकासमा आगामी सरकारले विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।

टानले आयोजना गरेको कार्यक्रम ट्रेकिङ क्षेत्रमा संलग्न भएको अशिकांश व्यवसायीहरू तथा क्षेत्र लोछार मनाउने समुदाय भएका कारण संयुक्त लोछार कार्यक्रम गरिएको टानका मिडिया संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

नेपालमा शेर्पा समुदायले ग्याल्बो ल्होसार, तामाङ समुदायले सोनाम र गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्छन् ।
कार्यक्रममा लोक सांस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरूले समेत प्रस्तुति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डसँगै, नेपाली काँग्रेसका नेता प्रकाश शरण महत्त, पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पा, टानका पूर्व अध्यक्ष चन्द्र रिजाल, नेत्र बान्तावा लगायतको उपस्थिति रहेको थियो ।ritu gyangdan

tan programme 4

tan programme 11

tan programme

tan programme 8 tan programme 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७