अख्तियार दिवसमा पुरस्कृतहरुको नालीबेली

पीएलाई पुरस्कृत गर्दै प्रमुख आयुक्त बस्नेत बिदा


२९ माघ २०७४, सोमबार
laxman bastola copy

काठमाडौं, २९ माघ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७ औं स्थापना दिवस आइतबार सम्पन्न भएको छ । अख्तियार दिवसको उपलक्ष्यमा उत्कृष्ट काम गरेको भनेर केही कर्मचारीलाई पुरस्कृत गरिएको छ । अख्तियारबाट पुरस्कृत हुनेहरुमा अनुसन्धानमा दिनरात काम गर्नेहरु परेका छैनन् । अख्तियारमा राम्रो काम गर्नेहरुभन्दा प्रमुख आयुक्तका पीए र उजुरीमा डिल गर्नेहरु अधिकांश पुरस्कृत भएका छन् ।

laxman bastola copy
लक्ष्मण बाँस्तोला                           बालकृष्ण कोइराला                                  विमल बस्नेत

पुरस्कृत हुनेहरुमा सहन्यायाधीवक्ता शंकर खत्री, उपसचिवद्वय ज्ञानेन्द्रप्रसाद ढकाल र हुमकला पाण्डे छन् ।त्यसैगरी शाखा अधिकृतहरु लक्ष्मण बास्तोला र बालकृष्ण कोइराला लगायतका कर्मचारी पनि स्थापना दिवसमा पुरस्कृत भएका छन् ।

लक्ष्मण बाँस्तोला प्रमुख आयुक्त दीप बस्नेतका निजी सचिव हुन् । बालकृष्ण कोइराला बस्नेतका पीए बसेर पनि कमाउनका लागि स्टोरमा सरुवा भएका हुन् । सोमबार (आज)बाट ६५ बर्षे उमेरहदले प्रमुख आयुक्त बस्नेत अवकाश हुँदैछन् । पुरस्कृतमध्ये अख्तियारको बुटवल कार्यालयका एसपी विमल बस्नेत पनि प्रमुख आयुक्तका विश्वासिला हुन् । प्रमुख आयुक्त बस्नेतले उनलाई डीएसपी हुँदा पनि बुटवल अख्तियारको निमित्त प्रमुख दिएर राखेका थिए । एसपी भएपछि पनि उनी बुटवल प्रमुखका रुपमा कार्यरत रहँदैआएका छन् । उनले उजुरीमा मोलमोलाई गरी प्रमुख आयुक्त बस्नेतलाई ब्यवस्थापन गरेबापत पुरस्कृत भएका छन् ।
पुरस्कृत कर्मचारीमध्ये प्रमुख बस्नेतका पीए बाँस्तोला सबैभन्दा बढी विवादित कर्मचारी हुन् । अख्तियारमा दीप बस्नेत कार्यवाहक समेत गरी १ बर्ष प्रमुख आयुक्त हुँदा सबैभन्दा बढी हालीमुहाली गर्नेमा लक्ष्मण बाँस्तोला नै हुन् । अख्तियार स्रोतका अनुसार बाँस्तोला सहसचिवलाई त नमस्कारसमेत गर्दैनथे, सहसचिवले नै उनलाई नमस्ते गर्नुपर्ने दम्भ उनमा हावी थियो । अख्तियारको मुलढोकादेखि ड्युटीमा कार्यरत प्रहरीहरु आयुक्तहरुलाई भन्दा बढी बुट बजाएर पीए बाँस्तोलालाई सलुट गर्थे ।
प्रमुख आयुक्त बस्नेतले उजुरीमा डिल गरी लाभ पु¥याएबापत बाँस्तोलालाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेका छन् । सरकारी कर्मचारी भएर ब्यापार गर्ने बाँस्तोलामाथि अकूत सम्पत्तिको आरोपमा छानबिन गर्नुृपर्नेमा अख्तियारले पुरस्कृत गरेकोमा आयोगका कर्मचारीहरु चकित परेका छन् ।
बाँस्तोलालाइ प्रमुख आयुक्त दीप बस्न्यातले ठूला मुद्दादेखि अर्थ मन्त्रालयबाट डिलिङका लागि प्रयोग गर्दैआएका छन् । बाँस्तोलाको दरबन्दी २ बर्षदेखि रसुवा भन्सार कार्यालयमा छ । उनले अख्तियार प्रमुखको पीएका रुपमा अर्थ मन्त्रालयका कर्मचारीहरुको उजुरीमा मोलमोलाइ गर्दैआएका छन् । मोलमोलाईमा नआउनेहरुलाई १३ पन्ने विवरण भरेर दुःख दिने काम पनि उनले गर्र्दैआएका छन् । दीप बस्नेत जाने बेलामा केही दिनअघि अर्थमन्त्रालयका १५ भन्दा बढी कर्मचारीको उजुरी तामेलीमा राखेबापत अधिकृत बाँस्तोलाले नै प्रमुख बस्नेतलाई ठूलै आर्थिक लाभ गराएको स्रोतले बताएको छ ।
प्रमुख आयुक्तको संरक्षणप्राप्त बाँस्तोलाले उनको नाम लिएर अर्थमन्त्रालयका सचिव र सहसचिवलाई दबाब दिएर २०७४ असोजमा आकर्षक भन्सार र राजश्व कार्यालयमा कर्मचारी सरुवा गरेका थिए । जुन सरुवामा उनले १५ देखि २० लाख रुपैयाँसम्म असुली गरेको आरोप छ ।
अर्थ मन्त्रालय र अन्तर्गतका भन्सार, राजश्व र आन्तरिक राजश्व विभागबाट गएको असोजमा भएको सरुवामा बाँस्तोलाको सिफारिसमा मात्र २० जना विभिन्न तहका कर्मचारी सरुवा भएका थिए ।
भन्सार अधिकृतहरू वीरेन्द्र पाण्डे र दयानन्द केसी बास्तोलाकै सिफारिसमा रसुवा भन्सार कार्यालयमा सरुवा भएका थिए । भन्सार अधिकृतद्वय अर्जुन पाठक भैरहवा र सुशील थापा बिराटनगर भन्सार कार्यालयमा सरुवा भएका थिए । प्रमुख आयुक्तको सूची भनेर उनले यसै गरी २० जना भन्दा बढी सरुवा आर्थिक लेनदेनका आधारमा गरेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।

उनी रसुवा भन्सारमा दरबन्दी राखी २ वर्षदेखि नै अख्तियारमा कार्यरत छन् । रसुवा भन्सारमा दरबन्दी राखेर अख्तियारमा बसेका उनका केरुङ नाकाबाट सामान आयात गर्ने ६ वटा व्यापारिक फर्ममा लगानी रहेको स्रोतले बताएको छ । उनले आफ्नो लगानी भएको ब्ल्याक डाइमण्ड इन्टरप्राइजेजलगायतका कम्पनीका ट्रक र कन्टेनरमा आयात गरिएका सामानको भन्सार मूल्याङ्कनमा कडाइ नगर्न पनि भन्सारका प्रमुखलाई दबाब दिएर यसबीचमा करोडौं करोडका सामान भित्र्याएका छन् ।
व्यापारिक फर्ममा जिनको कपडा ल्याए कटन भनेर मूल्याङ्कन गर्न र पश्मिना धागोलाई मोजा बुन्ने धागो ल्याएको भनेर मासिक करोडौं रुपैयाँ भन्सार छुट गराउन दबाब दिने गरेका छन् ।
उनले आफ्नो लगानी भएका यी व्यापारिक फर्ममा जिनको कपडा ल्याए कटन भनेर मूल्याङ्कन गर्न र पश्मिना धागोलाई मोजा बुन्ने धागो ल्याएको भनेर मासिक करोडौं रुपैयाँ भन्सार छुट गराउन दबाब दिने गरेका छन् ।
पश्मिनाको धागोकोे प्रतिकिलो २४ डलर भन्सार शुल्क तिर्नुपर्छ भने मोजा बुन्ने धागोको ३ डलर मात्र तिर्नुपर्छ । रसुवा भन्सारमा प्रमुख आयुक्तका पिए बाँस्तोलाको दबाबमा दैनिक ५ देखि ७ वटा कन्टेनर सामान न्यून बिजकीकरण गरी छाडिने गरेका छन् ।
अख्तियारमा बसेर प्रमुख आयुक्तलाई खुसी पारेर उनले अथाह सम्पत्ति मात्र आर्जन गरेनन्, उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत समेत भएका छन् ।

याे पनि पढ्नुहाेस्
अख्तियार प्रमुख आयुक्तका पिए नै अर्बपति
अख्तियार दिवसकै भोलिपल्ट प्रमुख आयुक्त रिक्त
पूर्वआइजीपी अर्यालको उजुरी तामेलीमा
 को होला अख्तियारको प्रमुख आयुक्त ?
अख्तियारभित्रै अख्तियारको दुरुपयोग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७