बबिना किराँतीको पूर्वेली गीतको क्यासेट सार्वजनिक


२९ माघ २०७४, सोमबार
babina kiratiee
babina kiratiee
गायिका, बबिना किराती ।

काठमाडौँ, २९ माघ : गायिका बबिना किराँतीको पूर्वेली गीतको क्यासेट सार्वजनिक भएको छ । उनको ‘माथि माथि हिमाली भेग्मा’ बोलको पूर्वेली गीतको क्यासेट सार्वजनिक भएको हो ।

विदेश गएका नेपालीको कथाव्यथालाई समावेश गरिएको सो गीतमा सङ्गीतकार डी आर अतुको शब्द तथा संगीत रहेको छ । माया, प्रेम र परदेशीको कथालाई समावेश गरिएको अत्यन्त फरक धारको गीत भएको कारणले पनि बजार पाउने गायिका किराँतीको भनाइ छ ।
गायिका बबिना किरातीको पहिलो गीति एल्बम ‘मर्निङ्ग द बिगीनिंग’ मा सातवटा गीतहरु रहेका छन् भने संगीतकार डि आर अटुको एकल संगीत रहेको छ ।

यो गीतको म्युजिक भिडियोलाई लमजुङको रमणिय पर्यटकीय स्थल “घले गाउँमा छायांकन गरिएको छ । गायिका बबिना राई आफैले फिचरिङ्ग गरेको यो गीतको म्युजिक भिडियोमा गायिका बबिना किरातीलाई मोडेल अनिश मगरले साथ् दिएका छन् ।

https://www.youtube.com/watch?v=BXaGBvHA-aA

निर्देशक युवराज वाइवाको निर्देशन र उत्सव दाहालको छायाङ्कन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा गायिका स्वयम् बबिना किराँती र आशीष मगरलाइ देख्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७