प्रेम प्रस्ताव राख्न आउँदैन ? यस्तो छ सजिलो तरिका


२९ माघ २०७४, सोमबार
Proposedaywishesimageslovestatusshayariquotesinhindi

अहिले विश्वभर प्रणय दिवस (भ्यालेन्टाइन डे) सप्ताह चलिरहेको । ‘भ्यालेन्टाइन डे’को प्रभाव नेपालमा पनि पर्दै गएको छ । नेपालमा पनि युवा–युवतीहरु भ्यालेन्टाइन डेलाई विशेष रुपमा मनाउँछन् ।Proposedaywishesimageslovestatusshayariquotesinhindi

भ्यालेन्टाइन डेको विशेषता हो, प्रेमी बनाउनु । यदि तपाईंले कसैलाई मन पराउनुहुन्छ भने, यो समय आफ्नो प्रेम जाहेर गर्ने उपयुक्त मौका हो । धेरै युवा–युवतीले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेम व्यक्त गर्ने मौसमका रुपमा बुझ्छन् । यदि तपाईं पनि यो अवसरमा आफ्नो प्रेम व्यक्त गर्न चाहानुहुन्छ भने मन परेको मायालुलाई प्रेम प्रस्ताव राख्ने सही तरिका जान्नु जरुरी हुन्छ । हामीले आज तपाईंलाई प्रेम प्रस्ताव राख्ने तरिकाहरु बताउँदै छौं । जो निम्नानुसार छन्

– जून दिन तपाईले उनी (प्रेमिका वा प्रेमी)लाई प्रपोज गर्नुछ त्यसको केही दिन पहिला एक फेक ईमेल आईडीबाट केही सन्देश पठाउनुस् । जसमा आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज मिल्दैछ भनेर लेख्नुस् ।valentine day 58a2cda38a8df4.45603697

– आफ्नो कलेज वा अफिसको क्यान्टिनमा उनलाई पनि सँगै लगेर जानुस् । र पहिला नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनुस् कि उनी मेरी प्रेमी अथवा प्रेमिका हुन । उनले अर्डर गरेको बिलमा एउटा पेपरमा आफ्नो प्रपोज सन्देश लेखेर टेबलमा पठाउन सक्नुहुन्छ ।

– आफ्नो र उनको तस्वीरको एक कोलाज बनाएर उनीमाथि एक रोमान्टिक जस्तो म्यासेज लेख्नुहोस् र पठाउनेको नाममा ‘भगवान चाहन्छन यो जोडी बनोस्’ लेख्नुस् । र यसलाई आफूले प्रस्ताव राख्दा (प्रपोज गर्दा) पनि दिनुहोस् ।

– जसलाई तपाई मन पराउनुहुन्छ, उनलाई प्रपोज गर्दै एक भिडियो बनाउनुस् र त्यसलाई यूट्यूबमा पोस्ट गर्न सक्नुहुन्छ । फेरि त्यसको लिंकलाई उनको मेलमा पठाउन सक्नुहुन्छ ।

– एक सेतो टिसर्टमा एउटा आकर्षक म्यासेज लेख्नुस् । जस्तै ‘आई लभ यू’ वा अरु केही जे भन्न चाहनुहुन्छ त्यही प्रिन्ट गराउनुहोस् । त्यसको माथि एक सट लगाएर छोप्नुहोस । आफूले मन पराउने व्यक्तिलाई एकान्तमा बोलाउनुहोस्, मुस्कान छोड्दै सर्ट खोल्नुहोस् र टीसर्ट देखाइदिनुस् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७