अविवाहित नायिका रेखा फागो गर्भवती ! सिने जगतमा सनसनी


२९ माघ २०७४, सोमबार
Screenshot 738

काठमाण्डौं, २९ : नेपाली सिने जगतमा अहिले नायिका रेखा फागोको एकाएक चर्चा चुलिएको छ । त्यसको कारण हो उनी गर्भवती बनेकी छन् । यो सत्य हो । घटना सत्य भए पनि यो एउटा गीतको दृष्यका लागि मात्र सत्य हो । नायिका रेखा फागो वास्तविक जीवनमा नभएर एउटा गीतको भिडियोमा गर्भवती रुपमा देखा परेकी छिन् ।Screenshot 738

उक्त गीत हिजो मात्रै सार्वजनिक गरिएको छ । पूर्वेली गायक तीर्थराज राईको ‘बाचुञ्जेली जीन्दगी’ बोलको दोस्रो गीत हिजो मात्रै रिलिज गरिएको छ । यसको भिडियो केहि फरक तरिकाले निर्माण गरिएको छ । गीतको भिडियोमा पारिवारिक कथा देखाउन खोजिएको छ । भिडियोमा नायिका रेखा फागोको जोडीको रुपमा मोडल हेमन हाङ राई देखिएका छन् । यी २ को प्रेम सम्बन्ध गाँसिएर विवाह हुन्छ र रेखा गर्भवती हुन्छिन र उनले एउटा सुन्दर छोरीलाई जन्म दिन्छिन ।Screenshot 740

यी यस्तै कथामा घुमेर गीतको भिडियो तयार भएको छ । गीतको शब्द संगीत उत्तिकै उत्कृष्ट छ । यता भिडियोमा रेखा र हेमन र बाल कलाकार स्नेहा भण्डारीको अभिनय पनि तारिफयोग्य नै रहेको छ । पछिल्लो समय रेखा धेरै म्युजिक भिडियोमा ब्यस्त हुँदै आइरहेकी छिन् । उनि अभिनित पहिलो चलचित्र ‘तारेभीर’ यसै बर्ष प्रदर्शनमा आएको थियो । उक्त चलचित्रले मध्यम सफलता हासिलता गर्‍यो तर चलचित्रले उनको भविष्यलाई भने अगाडि बढाउन ठूलो मद्दत ग¥यो । उनको सुन्दर रुप र अभिनय क्षेमताले गर्दा उनलाई यतिबेला कामले भ्याईनभ्याई छ । सार्वजनिक गीतमा स्वयम् तीर्थराजकै शब्द र संगीत रहेको छ । गायिका सम्झना ओलीले उनलाई साथ दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७