‘झझल्कोमा’ ल्याउँदै आकाश


२९ माघ २०७४, सोमबार
27989962 335833793590387 1468326604 o

काठमाडौं: पूर्व भन्नसाथ अपरिचित व्यक्तिको मानसपटलमा धरान, धनकुटा इलाम छाउँछ । त्यो स्वाभाविक पनि हो नाम जस्तै सुन्दर पनि त छ । केही समय यता देखी त्यही सुन्दरताको भरपुर फाइदा लिइरहेका छन् निर्देशक आकाश राई । राई कहिले टेलिसिरियल निर्माणमा व्यस्त हुन्छन् त कहिले सिनेमानै हाँकिदिन्छन् ।

27989962 335833793590387 1468326604 o

हुन त नेपालको मनोरन्जन क्षेत्रमा पूर्वेलीको बर्जजस्व छ । पहिलो पुस्ताको हट केक भुवन केसी र नेपाली फिल्मको ट्रेनै बदलिदिने दयाहाङ राई पनि पूर्वेली नै हुन् । त्यही वातावरणमा हुर्किएका आकाश राई पनि निर्देशकमा जम्ने जमर्को गरिरहेका छन् । उनी कामलाई सानो ठुलो भनेर स्तर छुटाउँदैनन् ख्याल राख्छन् त गुणस्तरियतामा । राई कहिले कहीँ म्युजिक भिडियोमा पनि रमाइरहेका छन् । जे होस् उनको पूर्वको सुन्दर स्थानसँग राम्रै चिनारी छ ।

अहिले पनि उनी त्यहाँ गीतको भिडियो निर्माणमा व्यस्त छन् । प्रमोद खरेलको स्वरमा रहेको ‘झझल्को मा’ गीतको भिडियोको निर्देशनमा तल्लीन छन् । कुनै दृश्य एकै शटमा ओके हानिदिन्छन् त कुनै धेरै समय लागाउँछ् । जे होस् पूर्वमा निर्माण हुने फिल्म, टेलिसिरियल, म्युजिक भिडियोमा राईको प्रभाव छ । हाल निर्माण गरिरहेको भिडियोमा राईलाई सुमन योन्जनले साथ दिइरहेका छन् छायाँङकनमा । गीतको शब्द दिपेन्द्र खड्काले लेखेका छन् । सङ्गीत विजय अधिकारीले दिएका छन् ।

गीतको भिडियोमा आइपी भट्टराई दिपेन्द्र खड्का, रेखा तुम्सा र सिता साम्बा ‘तुम्सा’ले अभिनय गरेकी छन् । आकाश फिल्म पिभीटीले निर्माण गरेको भिडियोमा लगानी आइपी भट्टराईको रहेको छ । लगभग छायाँङकन सकिएको दिर्नेशक राईले बताएका छन् । भिडियो राम्रो बनेको राईको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७