यौन विचलन : यस्ताेसम्म समस्या गराउँछ


२९ माघ २०७४, सोमबार
s3x frustration

मानिसले पारिवारिक जीवनयापन गरेर घरजम गर्न थालेदेखि नै यौनसम्पर्कले सहवासको रूप धारण गरेको हो । सामान्य यौनसम्पर्क र सहवासमा शाब्दिकमात्र होइन तात्विक फरक पनि छ । यौनसम्पर्क एउटा जैविक कर्म हो । सबै जीवमा अर्को पुस्ता पैदा गर्न यौनसम्पर्क राख्ने क्षमता विकसित हुनु सृष्टिको आवश्यकता हो ।s3x frustration

त्यस्तो यौनसम्पर्कको प्रक्रिया भने जीवकोे जात र विकासको क्रमअनुसार फरक हुन्छ । सहवास सृष्टिको सर्वश्रेष्ठ जीव मानिसको अर्को पुस्ता जन्माउने जरुरत पूरा गर्ने माध्यममात्र नभएर जोडीहरू सहअस्तित्वमा बसेर एकअर्काका गुणहरूको समन्वयका माध्यमबाट रसपूर्ण पारिवारिक जीवन व्यतीत गर्न ऊर्जा दिने प्रक्रिया हो । त्यसैले सहवासमा दुवै पक्षका आवश्यकता र सहजताको उच्चतम कदर हुनैपर्दछ । स्वस्थ सहवासका लागि स्वस्थ यौन मनस्थिति र स्वस्थ यौन व्यवहार दुवै उत्तिकै आवश्यक हुन्छन् ।

यौन सबैको अनिवार्य आवश्यकता हो । यौन सम्बन्ध राख्ता अँगालिने विधिहरू हरेक जोडीमा फरक हुन सक्तछन् । हरेक व्यक्तिको यौन इच्छा फरकफरक हुन्छ । स्वस्थ यौन व्यवहार भत्राले संलग्न जोडीले आपसमा स्वीकृत विधि र व्यक्तिबाट यौन व्रिmयाकलापको आनन्द अनुभूत गरेको अवस्थालाई बुझिन्छ । स्वस्थ यौन मनःस्थिति भत्राले कुनै एक जनालाई आफूलाई यौन क्रियाकलाप गर्न दबाब दिएको अनुभूति हुनु हुँदैन । एकअर्कामा कुनै एक जनाले पनि आपूmलाई इच्छा नहुँदा इच्छा नभएको कुरा व्यक्त गर्ने अधिकार दिँदै त्यस्तो भावनाको सम्मान गरिनुपर्दछ ।
इच्छाविरुद्ध भएको भए पतिपत्नीबीतको सम्भोग पनि बलात्कार हुन्छ भत्रे नजिर विभित्र देशका न्यायपालिकाहरूले स्थापना गरिसकेका छन् । यौनसम्पर्कपछि पनि एकअर्काप्रति सम्मान कायम हुनुपर्दछ र कसैलाई पनि सम्मान गिरेको महसुस हुनु हुँदैन । यौन इच्छा तथा यौन क्रियाकलापका बारेमा खुलेर एकअर्कासँग कुरा गर्ने वातावरण हुनुपर्दछ । दुवैले यौन सम्पर्कअघि एकअर्काको शरीर र भावना बुझ्नुपर्दछ । यो नै स्वस्थ यौन सम्बन्ध हो ।
स्वस्थ यौन व्यवहार र स्वस्थ यौन मनःस्थितिविना कायम हुने कुनै पनि यौन क्रियाकलाप यौन विचलन हो । मानिसमा यौन विचलन देखिनुका विभित्र कारण हुन्छन् । यौन विचलन बलात्कार, यौन शोषण, यौन दुव्र्यवहार र पीडाजनक यौन व्यवहारका रूपमा प्रस्तुत हुन सक्तछ ।
उदाहरणका लागि कसैले केटाकेटी उमेरमा आफूद्वारा सम्मानित व्यक्तिले यौनसम्बन्ध राखिरहेको देखेको छ भने त्यस विषयमा आफ्नै किसिमको धारणा बनाएको हुन्छ । पटकपटक त्यही कुरा अर्थात् यौनसम्पर्कको दृश्य मस्तिष्कमा आउँदा ऊ त्यसको खोजीमा तल्लीन रहन्छ अनि किशोर अवस्था हुँदै युवा उमेरमा आइपुग्दा उसले धेरै अगाडि मस्तिष्कमा सेट गरेको त्यही यौन व्यवहारको स्वाद खोज्न फरक किसिमको शैली अँगाल्दछ । स्मरणमा रहेको त्यो यौन व्यवहारमा उनीहरू सन्तुष्ट रहेजस्तै आफू पनि सन्तुष्ट रहने चाहनाले उसले फरकफरक व्यक्तिसँग सम्बन्ध राख्तछ । बाल्यावस्थामै यो समस्यामा रहेको व्यक्तिले नैतिकताको ख्याल गर्दैन ।

यौन मनोविज्ञानको अध्ययनको क्षेत्र बृहत् र विस्तारित छ । यसले मानवीय सम्बन्धको विकासमा यौनका सकारात्मक प्रभावहरूको मात्रै अध्ययन गर्दैन, बरु यौनका कारणबाट मानवीय सम्बन्धको विकास र संवद्र्धनमा पर्न सक्ने नकारात्मक प्रभावहरूको पनि अध्ययन गर्दछ । यौन विचलन भत्रे शब्दले त्यस्ता अस्वाभाविक यौन मनःस्थिति र भौतिक क्रियाकलापतर्फ इङ्गित गर्दछ जसले पारस्परिक मानवीय सम्बन्धहरूको विकास र संरक्षणमा प्रतिकूल प्रभाव पार्दछ ।

यस्ता सबै यौन मनस्थितिको र ती मनस्थितिले उत्पत्र गर्न सक्ने भौतिक क्रियाकलापको अध्ययन गर्न यौन मनोवैज्ञानिकहरूले विभित्र साधनहरू प्रयोग गर्ने गर्दछन् । यसमा मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक र व्यावहारिक आदि महत्वपूर्ण छन् । यौन समस्याहरूको अध्ययन र उपचार गर्ने क्रममा मानिसका यौन व्यवहारमा देखिने विचलन सबैभन्दा हाँकपूर्ण विषयमध्ये एउटा हो । कहाँसम्म यौन व्यवहारमा नयाँ प्रयोग मात्रे र कहाँदेखि त्यस्तो व्यवहारलाई विचलन मात्रे भत्रे कुराको सीमा तोक्ने काम अत्यन्त अप्ठ्यारो हुन्छ । यथार्थमा यस्तो सिमाना कोर्दा मानिसको यौन व्यवहारको प्रकृतिभन्दा त्यो व्यवहार गर्दाको उसको मानसिक अवस्थाको अध्ययन बढी महत्वपूर्ण हुन्छ । सरल शब्दमा भत्रे हो भने यस्तो कर्मको रूपभन्दा त्यसको नियत हेर्नु बढी जरुरी हुन्छ ।

मानसिक असन्तुलनको एउटा रूप ‘बाई पोलार डिसअर्डर’ अथवा ‘म्यानिक डिप्रेसिभ साइकोसिस’ पनि हो । यस्तो अवस्थामा मानिस कहिले वातावरण र परिस्थिति अनुरूपभन्दा अति खुसी र आह्लादित भएको हुन्छ भने कहिले ऊ स्वाभाविकभन्दा बढी निराश र दिक्दारीको अवस्थामा देखिन्छ । यस्तो अवस्था बारम्बार एकपछि अर्को गरेर उसको मनःस्थितिलाई आक्रान्त पार्न सफल हुन्छ, तर ऊ आफ्नो यो मानसिक अवस्थामाथि आफैँ नियन्त्रण गर्न नसक्ने गरी विवश हुन्छ । वातावरणको स्वाभाविकतामाथि आफ्नो नियन्त्रण हराउन पुगेको यस्तो मान्छेले आफ्नो स्वाभाविक यौनजीवनमाथि पनि आफ्नो नियन्त्रण गुमाउँदछ । ‘म्यनियाक’ अवस्थाबाट गुज्रिरहेका वेला उसको यौन चाहना अनियन्त्रित उन्मादजस्तो हुन्छ भने ‘डिप्रेसिभ’ अवस्थाबाट गुज्रिरहेका वेला उसको सामान्य यौन चाहना र उत्तेजनाको अनुभूति गर्ने क्षमता पनि हराउँदछ ।

विश्वविख्यात मनोचिकित्सक सिग्मन्ड फ्रायड इड, इगो र सुपर इगोबीचको असन्तुलन यौन विचलनको प्रमुख कारण मान्दछन् । यसको सरल व्याख्या गर्दा मानिसका असीमित यौन चाहना र स्वीकृत यौन व्यवहारबीचको फरकका कारणले आफैँभित्रबाट हुने नियन्त्रणको असर अर्थात् आकांक्षा र सीमाबीचको द्वन्द्वले जन्माउने डर, चिन्ता, लाज र हीनताबोधले उसलाई आफ्नै नजरमा गिराउँदछ जसको फलस्वरूप यौन विचलनले जन्म लिन सक्तछ ।
फ्रायडकै अर्को एक सिद्धान्त ‘लिबिडो थ्योरी’ जन्मेपछि बच्चाका आनन्द प्राप्तिका सबै स्रोतहरू यौन ऊर्जासँग गाँसिएका हुन्छन् जसको प्रतिच्छाया मस्तिष्कमा हुन्छ भत्रे विचारबाट प्रभावित छ ।

यसअनुसार बच्चा जन्मेपछि पहिलो अठार महिना उसको आनन्दको ऊर्जाप्राप्तिको केन्द्र मुखमा हुन्छ जहाँबाट उसले दूध चुस्तछ । एक वर्षदेखि तीन वर्षसम्मको उमेरमा त्यस ऊर्जाको केन्द्र मलत्याग गर्ने र रोक्ने कुरासँग सम्बद्ध हुन्छ र त्यो केन्द्र मलद्वारमा सर्दछ । तीन वर्षदेखि पाँच वर्षसम्म आनन्द अर्थात् उन्मादको केन्द्र पिसाब फेर्ने कुरामा उसको नियन्त्रणका कारणले जनेन्द्रियमा सर्दछ । पाँच वर्षदेखि किशोर अवस्थाबीचको सुषुप्त अवस्थाबाहेक पुरुषमा यो केन्द्र त्यसपछि सधैँ लिङ्गमै रहन्छ । तर स्त्रीमा यो पहिले भगनास र पछि योनिमा सर्दछ । केही गरी बीचको सुुषुप्त अर्थात् दमित अवस्थापछि किशोर अवस्थामा यो केन्द्र पुनः जागृत भएन भने यौन विचलन देखिन सक्तछ ।

फ्रायडद्धारा प्रतिपादित केही सिद्धान्तहरू पछि आलोचित भए । उनकै चेला कार्ल गुस्ताभ जङले यौन मनोविज्ञान र मनःस्थितिको ऊर्जाको केन्द्र आध्यात्मिक र अवचेतन मस्तिष्कलाई माने र अर्को सिद्धान्त प्रतिपादन गरे । जुङले ‘पर्सोना’ अर्थात् श्रुति, समाज, नैतिकता, शास्त्र र शिक्षा आदिबाट मानिसको मस्तिष्कमा बनेको उत्कृष्ट व्यक्तिको रूप र अवचेतन मस्तिष्कमा रहेको यथार्थ रूपबीचको द्वन्द्वपछि अवचेतन बाहिर प्रकट भयो भने यौन विचलन आउन सक्तछ भने । उनका अनुसार प्रत्येक पुरुषको अवचेतनमा नारी गुण हुन्छ र प्रत्येक नारीको अवचेतनमा पुरुष गुण हुन्छ । यसलाई उनले  ‘अनिमा’ र ‘अनिमस’ भनेका छन् ।

जोन मनीद्वारा प्रतिपादित सिद्धान्त “लभ म्याप थ्योरी” अनुसार किशोर अवस्था यौन र प्रेमको मार्ग्चित्र निर्माणको अभ्यास हुने महत्वपूर्ण अवस्था हो । यतिखेर कुनै अप्रिय यौन व्यवहार, यौन शोषण वा यौन इच्छामा दमन भयो भने त्यसले पैदा गरेको कुरूप मार्ग्चित्र मस्तिष्क र भावनामा बस्न पुग्दछ जसका कारणले गर्दा शारीरिक चाहना र मानसिक सोचका बीचमा द्वन्द्व उत्पत्र हुन सक्तछ । यसका कारणले त्यो व्यक्ति
(१) भावनात्मक प्रेमरहित तर शारीरिक भोगको भोकले भरिएको हुन सक्तछ (हाइपरफिलिया)

(२) यौन चाहना र यौन आकर्षण हराएर भावनात्मक प्रेममात्र गर्ने हुन सक्तछ (हाइपोफिलिया)

(३) शारीरिक भोक पनि भएको, भावनात्मक प्रेम पनि भएको तर एउटै व्यक्तिसँग वा एउटै सन्दर्भमा दुवैलाई एकैपटक प्रस्तुत गर्न नसक्ने हुन सक्तछ । (प्याराफिलिया)
यस्तो बिग्रिएको मनःस्थितिका व्यक्तिहरू नै धेरैजसो यौन विचलन, यौन अपराध वा यौन दुव्र्यवहारका लागि जिम्मेवार हुन्छन् । स्कटिस लेखक रबर्ट लुई स्टिभेन्सनद्वारा लिखित “डा. जेकिल एन्ड मिस्टर हाइड” नामक पुस्तकमा एउटै व्यक्तिका दुई थरी व्यक्तित्वहरू सक्रिय रहेको कुरा उल्लेख गरिएको छ ।

यसमा मिस्टर हाइड हत्यारा तथा परपीडक हुन्छ भने अर्को कतिसम्म सरल व्यवहारको धनी हुन्छ भने उसले आफ्नी पत्नीप्रतिको प्रेमका कारणले उनको कुमारीत्व पनि भङ्ग गर्दैन । यो प्याराफिलियाको गतिलो उदाहरण हो । गर्डन अलापोर्टद्वारा प्रतिपादित सिद्धान्तअनुसार व्यक्तिहरूको व्यक्तित्वको समायोजित विकास जन्मदेखि किशोर अवस्थासम्म विभित्र चरणमा हुन्छ । कुनै चरण अवरुद्ध भए उसको समग्र व्यक्तित्व स्वस्थ हुँदैन र ऊ यौन विचलनको सिकार हुन सक्तछ ।

लेखकः डा.सुबोधकुमार पोखरेल (बरिष्ठ यौन तथा प्रजनन बिशेषज्ञ)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७